२६ पुष २०८२, आइतबार
11-01-2026 , Sun
×

बालेनको अग्रता बढ्दै, स्थापितभन्दा सृजनाको मत धेरै

Logo
प्रकाशित सोमबार, जेठ ०२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्। पछिल्ले मतपरिणाम अनुसार बालेन ५ हजार २ सय १४ मतसहित निकै अगाडि छन्। उनलाई कांग्रेसकी सृजना सिंहले पछ्याइरहेकी छन्।

सिंहले ३ हजार ७ सय ४० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। स्थापितले २ हजार ८ सय ३३ मत पाएका छन्। यसअघि स्थापित दोस्रो नम्बरमा थिए।

उता उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्। उनले ३ हजार ३ सय ८४ मत पाउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ९ सय ९२ मत पाएका छन्। यस्तै राप्रपाकी उम्मेदवार बिनिता मगैयाल ७ सय ६० मत पाउँदा विवेकशील साझाका कीर्ति तुलाधरले १ सय ५७ मत पाएकी छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]