२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

बालेनको अग्रता बढ्दै, स्थापितभन्दा सृजनाको मत धेरै

Logo
प्रकाशित सोमबार, जेठ ०२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन्। पछिल्ले मतपरिणाम अनुसार बालेन ५ हजार २ सय १४ मतसहित निकै अगाडि छन्। उनलाई कांग्रेसकी सृजना सिंहले पछ्याइरहेकी छन्।

सिंहले ३ हजार ७ सय ४० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। स्थापितले २ हजार ८ सय ३३ मत पाएका छन्। यसअघि स्थापित दोस्रो नम्बरमा थिए।

उता उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार सुनिता डंगोल निकै अगाडि छन्। उनले ३ हजार ३ सय ८४ मत पाउँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ९ सय ९२ मत पाएका छन्। यस्तै राप्रपाकी उम्मेदवार बिनिता मगैयाल ७ सय ६० मत पाउँदा विवेकशील साझाका कीर्ति तुलाधरले १ सय ५७ मत पाएकी छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]