२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सिरहाको लक्ष्मिपुर पत्तारीमा खसेको भन्दा बढी मत भेटिएपछि अवस्था तनाव

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

न्यूजमधेश डेस्क
सिरहा,३ जेष्ठ ।खसेकोभन्दा बढी मत भेटिएपछि सिरहाको लक्ष्मीपुरपत्तारी गाउँपालिकामा तनाव भएको छ। यस गाउँपलिकाको वडा नम्बर ४ मा कुल सदरमतभन्दा मत पेटिकामा ८२३ बढी मत भेटिएपछि नेपाली कांग्रेस इत्तरका उम्मेदवार र समर्थकहरु विरोधमा उत्रेका छन्।

यस गाउँपालिकाको निर्वाचन अधिकृत देवी सुवेदीकाअनुसार ३२१५ कुल मतदाता रहेको यस वडामा २३९२ मत खसेको थियो। तर मतगणना गर्दै जाँदा ३१६३ सदर मत र ५२ बदर मत भेटिएको सुवेदीले बताए। खसेको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि अवस्था तनावग्रत बनेको उनले बताए। उनले भने, ‘केही मतदातालाई मत पत्र दोर्‍याएर दिइएको हो कि, दोहोरो दर्ता भएको हो छानविन हुँदै छ। राती निदाएको बेला मत पत्रको डब्बल इन्ट्री भएको हुनसक्छ, उनले भने।’

प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले भने, ‘सदर भन्दा बढी मत भेटिएको भन्ने कुरा आएको छ। छानविन गरेर दोषी देखिएकामाथि कारवाही हुन्छ। उनले भने,‘अहिले मतगणनास्थल लक्ष्मीपुरपत्तारीमा ढुंगामुढा भैरहेको छ। केही प्रहरीकर्मी घाइते भएका छन् उनले भने,‘हामी संयमित भएर घटना नियन्त्रणमा लिने प्रयास गर्दैछौं।’

यस गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा संघीय समाजवादी फोरमका रामबल्लब साह अध्यक्षमा निर्वाचित भएका थिए। यसपाली जनता समाजवादी पार्टीबाट केदारनाथ यादव र नेपाली कांग्रेसबाट चतुरानन्द ठाकुर यस गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्। प्राप्त मतगणनाअनुसार ठाकुरले १०९८ र यादवले ३६५ मत प्राप्त गरेका छन्।

जसपाका नेता राजकुमार गुप्ताकाअनुसार यस गाउँपालिकाको प्रायःसबै वडामा मत कब्जा गरिएको छ। वडा नम्बर ४ मा असलियत छताछुल्ल भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]