०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

धनुषाका ५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक, कहाँ को भए निर्वाचित ?

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ जेष्ठ । धनुषाका ५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । विदेह नगरपालिका, लक्ष्मिनियाँ, औरही, धनौजी र जनकनन्दनी गाउँपालिकाको अन्तिम नतिजा बाहिर आएको हो ।

विदेह नगरपालिकामा नेकपा एमालेले मेयर र उप मेयर दुबै जितेको छ । मेयरमा निबर्तमान मेयर बेचन दास तत्मा र उप मेयरमा आशा देवी झा निर्वाचित भएका छन् ।

दास ४ हजार ४१२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता ३ हजार ४२६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा झाले ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीकी सन्जना कुमारी अधिकारीले २ हजार ८२७ मत पाएकी छन् ।

लक्ष्मिनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा फुलकुमारी यादव निर्वाचित भएका छन् ।

मिश्र ३ हजार ७ सय ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदबार शत्रुद्यन यादवले ३ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा फुलकुमारी ३ हजार ६ सय २८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी जसपाकी बिमला कुमारी यादव ३ हजार ४ सय ६० मत प्राप्त गरेकी छन् ।

औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदबार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका उमाशंकर प्रसाद साह र उपाध्यक्षमा पुनम कुमारी साह निर्वाचित भएका छन् ।

अध्यक्षमा साह ३३ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका ब्रहमदेव यादवले २९ सय २३ मत ल्याए ।

उपाध्यक्षमा एमालेकै पुनमकुमारी साह २९ सय ४९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी रिंकी कुमारी मण्डल २७ सय ९० मत ल्याएकी छन् ।
धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् ।

अध्यक्षमा कांग्रेसका राजकुमार साह २२ सय ६२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका उम्मेदबार जिवेन्द्र झा २१ सय ६३ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकै रामवती देवी मण्डल निर्वाचित भएकी छन् । उनी २४ सय ३० मत ल्याएर निर्वाचित हुँदा लोसपाकी उम्मेदबार रंजिता देवी मण्डल १९ सय १ मत ल्याएकी छन् ।
जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदबार विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार जसका उम्मेदबार दिपिन देव यादव ३१ सय ५७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुदेश कुमार चाधरीले २७ सय ७८ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदबार कमला सेहगल निर्वाचित भएकी छन् । सेहगल २९ सय ५८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी जसपाकी गीता सुडी २८ सय ४० मत प्राप्त गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]