०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

धनुषाको विदेहका निर्वाचित मेयर र उपमेयरले जब प्रतिद्वन्द्वीलाई अंगालो हाले

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३ जेष्ठ ।तरार्ईमधेसको चुनावी प्रतिस्पर्धा मित्रवत् हुँदैन । प्रतिस्पर्धीहरूका बीच एकअर्कालाई सत्तोसराप गर्ने, इज्जतप्रतिष्ठा खुइल्याउने र जिउज्यानलाई घात पुर्याउनेसम्मका काम सामान्य कुरा हो । तर, मंगलबार धनुषाको विदेह नगरपालिकामा अचम्मपर्ने खालको अनाठो दृश्य देखियो ।

मेयर पदमा दोहोरिएका ५० वर्षीय बेचनदास तत्माले ३७ वर्षका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का राजकिशोर रोहिता यादवलाई सम्मान गरे । अंगालो हाले । विजयोत्सव मनाउन तत्मालाई पर्खिरहेका हजारौंको भिडमा पुग्नुअघि उनले यादवका कानमा सानो स्वरमा भने, ‘चुनाव न हो । कोही जित्छन् र केही हार्छन् । तर, यो जित तपाईंकै हो । हामी दुवैका उद्देश्य समान छन् । जनताका हितमा हातेमालो गरौंला ।’

तत्माका कुरा सुनेर पराजयपछि निराश र चिन्तित बनेका यादवको मुहारमा अलिकबेर मुस्कान आयो । र, उनले पनि विदेहवासीका पक्षमा जुटेरै काम गर्ने प्रतिबद्धता जनाए ।

यादव तत्माका निकटतम प्रतिद्वन्द्वीमात्र होइनन् । कुनैबेला सँगै काम गरेका सहयात्री पनि हुन् । नगरपालिका नेतृत्वमा फेरबदल भएको भए आशलाग्दा मेयर पदका उम्मेदवार पनि । चुनावी पण्डितहरूले अन्तिम समयसम्म यादवले जित्ने अनुमान गरेका थिए । तर, जनादेश भने अघिल्लो कार्यकालका मेयर तत्माकै पक्षमा गयो ।

दलित समुदायका तत्मा पनि एमालेको किल्ला भत्कन दिएनन् । विदेह नगरपालिकामा यसपालि उम्मेदवार परिवर्तन गर्ने एमालेका केही नेताका दबाबलाई अस्वीकार गर्दै तत्मालाई नै उम्मेदवार बनाउने वातावरण बनाएका एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झा सुरजको विश्वास र भरोसालाई उनले कायम राखे ।

अघिल्लो कार्यकालमा दलित सामन्तीका रूपमा दोखबात लागेका तत्माले प्रतिस्पर्धीलाई अंगालो हालेर सबैलाई विश्वासमा लिएर अघि बढ्ने सुरुवात गरेको टिप्पणी स्थानीयले गरेका छन् । तत्माले प्रशोधक डटकमसँग भने, ‘म नगरवासीका हितमा सबै राजनीतिक शक्तिलाई समेटेर जान चाहन्छु ।’

मेयरमा निर्वाचित तत्माले मात्र होइन, उपमेयरमा जितेकी ५१ वर्षीया आशादेवी झाले पनि असल संस्कार र व्यवहार प्रदर्शन गरिन् । उनले पनि आफ्ना निकटतम प्रतिद्वन्द्वी २५ वर्षीया संजना अधिकारीसँग घाँटी जोडिन् ।

स्थानीय पत्रकार विपिन यादवले भने, ‘उमेरले जेठा विजितहरूले कान्छा प्रतिद्वन्द्वीहरूलाई गरेको यो व्यवहार अनुकरणीय छ । यसले विदेहको भविष्य एक्यबद्ध भएर कोर्ने बाटो खुलेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]