१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

लुटपाट पछि घरमा आगजनी, पचास लाख भन्दा बढीको क्षति

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ बैशाख । अज्ञात समूहले जनकपुरधाम उपमहानगरपालिका-४ को एक घरमा लुटपाट गरी आगजनी गरेको छ ।

जउनपा ४, कटैया चौरी स्थित अजय साहको घरमा लुटपाट गर्दै आगजनी गरेको पीडित साहले बताए । साहको घर रहे पनि मनरा शिस्वा नपा-९ बथनाहाका राजकुमार झा परिवार सहित बस्दै आएका थिए ।

आगजनीमा परी तीन वटा एसी,फ्रीज,लुगा फाटो, अलमिरा , सोफासेट,एलईडी लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । आगजनीमा कोठाको झ्याल , ढोका भेन्टिलेटर लगायतका सामानहरु समेत जलेर नष्ट भएको छ ।

आगजनी अघि अज्ञात समूहले मेडिकल व्यवसायी झाको डेढ लाख नगद , पांच तोला सुनको गहना , दश तोला चांदीको गहना तथा केही अन्य सामानहरु चोरेर लगेको छ ।

घटना राती भए पनि बुधवार बिहान मात्रै स्थानीयवासीहरुले देखे पछि झाको परिवारजनलाई खबर गरेका थिए ।

झा अहिले भारत तर्फ तीर्थयात्रामा गएको बेला घरमा कोही नरहेको समयमा बाहिर ग्रीलको ताल्चा काटेर भित्र पट्टि फ्ल्याटको ढोका तोडेर लुटपाट मचाउँदै आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यस प्रकारको घटना हुँदा पनि प्रहरीले सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]