१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

लुटपाट पछि घरमा आगजनी, पचास लाख भन्दा बढीको क्षति

Logo
प्रकाशित बुधबार, जेठ ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ बैशाख । अज्ञात समूहले जनकपुरधाम उपमहानगरपालिका-४ को एक घरमा लुटपाट गरी आगजनी गरेको छ ।

जउनपा ४, कटैया चौरी स्थित अजय साहको घरमा लुटपाट गर्दै आगजनी गरेको पीडित साहले बताए । साहको घर रहे पनि मनरा शिस्वा नपा-९ बथनाहाका राजकुमार झा परिवार सहित बस्दै आएका थिए ।

आगजनीमा परी तीन वटा एसी,फ्रीज,लुगा फाटो, अलमिरा , सोफासेट,एलईडी लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । आगजनीमा कोठाको झ्याल , ढोका भेन्टिलेटर लगायतका सामानहरु समेत जलेर नष्ट भएको छ ।

आगजनी अघि अज्ञात समूहले मेडिकल व्यवसायी झाको डेढ लाख नगद , पांच तोला सुनको गहना , दश तोला चांदीको गहना तथा केही अन्य सामानहरु चोरेर लगेको छ ।

घटना राती भए पनि बुधवार बिहान मात्रै स्थानीयवासीहरुले देखे पछि झाको परिवारजनलाई खबर गरेका थिए ।

झा अहिले भारत तर्फ तीर्थयात्रामा गएको बेला घरमा कोही नरहेको समयमा बाहिर ग्रीलको ताल्चा काटेर भित्र पट्टि फ्ल्याटको ढोका तोडेर लुटपाट मचाउँदै आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यस प्रकारको घटना हुँदा पनि प्रहरीले सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]