०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

छिन्नमस्ता गाउँपालिका २ मा जनमतका उम्मेदवार साह निर्वाचित

Logo
प्रकाशित बिहिबार, जेठ ०५, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,४ जेष्ठ । सप्तरीको छिन्नमस्ता गाउँपालिका -२ मा जनमत पार्टीका वडाध्यक्ष पदका उम्मेदवार सिकेन्द्र कुमार साह विजयी भएका छन ।

साहले ३ सय ४० मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ढलाई मण्डलले ३ सय १ मत प्राप्त गरेका छन ।

जनमतबाट विजयी भएका साह युवा हुन । साह विजयी भएपछि पार्टीका नेता कार्यकर्ताले अबिर माला लगाई भव्य स्वागत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीमा रहेको सतलोक आश्रममा सन्त रामपालजी महाराजको सान्निध्यामा परमेश्वर कबीर साहेबको ६२७ औं प्रकट दिवसको भव्य तयारी भईरहेको छ । परमेश्वर कबीर साहेबको ६२७ बर्ष पहिले जेष्ठ पुर्णिमाका दिन कासी बनारस सहरको लहरतारा नामक तालमा कमलको फुलमा प्राकाट्य भएको मानिन्छ। सोही अवसरमा प्रत्येक वर्षझै यस वर्ष पनि आश्रममा प्रकट […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गर्नुभएको छ । उहाँले आज नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख मोनिन्द्र ठाकुरलगायतसँग यस विषयमा छलफल गर्नुभएको हो । किसानलाई सिँचाइको सुविधा सहज बनाउन खेतमा विद्युत् पु¥याउने लक्ष्यअनुरुप मुख्यमन्त्री सिंहले छलफल अगाडि बढाउनुभएको उहाँको निजी सचिवालयले जनाएको […]

जनकपुरधाम । मधेश सरकारले आगामी आर्थिक वर्षदेखि किसान कार्ड वितरण र किसानलाई पेन्सन दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार प्रदेशसभामा प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद साहले किसान कार्ड र पेन्सनका लागि बजेट विनियोजन गरेको बताए । उनले कृषि विद्युतिकरण विस्तार र कृषि विल निःशुल्क गर्ने घोषणा पनि गरे । उनले […]