०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

डा सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देहीमा ४० हजार बिरुवा लगाए

Logo
प्रकाशित आइतबार, साउन १२, २०७६

भैरहवा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा एक करोड वृक्षरोपण रोप्न अभियानलाई सार्थक बनाएर रुपन्देही ४० हजार विरुवा लगाइसकेको छ।

‘घर घर जाऔं, विरुवा लगाऔं, पर्यावरण बचाऔं’ भन्ने नाराका साथ साउन १ गते देखि रुपन्देहीमा थाल्नी गरेको अभियान अन्तर्गत हाल सम्म ४० हजार विरुवा रोपिएका जनमत पार्टी रुपन्देहीका युवा नेता संजय कुमार मिश्रले जानकारी दिएको छ । मधेशमा वन विनासका कारण वातावरणमा असर परेकोले त्यसलाई मध्यनजर गर्दै वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानमा लागेको मिश्राले बताएका हुन।

जनमत पार्टीका केन्द्रिय सदस्य एवम् रुपन्देही जिल्लाको अध्यक्ष भोपेन्द्र यादवले जिल्ला सदस्य तथा युवा नेता रामकेश गुप्ताको नेतृत्वमा र नेता तथा कार्यकर्ताको सक्रियतामा रुपन्देहीका विभिन्न स्थानीय तह अन्तर्गतका वडाहरुमा वृक्षारोपण भइरहेको यादवले बताए ।

पार्टीले लुमि्बनी सांस्कृतिक नगरपालिका वडा नम्बर १, २, ३, ६, ९, १०, कोटहीमाई गाउँपालिका वडा नम्बर १, २, ३ मायादेवी गाउँपालिका–१, ३, ४, ५, गैडहवा गाउँपालिका १, २, ३, ४, ६, ७, सियारी गाउँपालिका–७ र क्षेत्र नम्बर १ गरी ४० हजार विरुवा रोपिसकेको बताएको छ।

उक्त अभियानलाई सफल बनाउन धर्मेन्द्र गुप्ता, कृष्ण कोहार, रबिन्द्र पाल, दिनेश कुर्मी, संजय मिश्रा, शिवानन्द कुर्मी, दिलिप कुर्मी, ओमप्रकाश यादव, सन्तोष यादव, रामकृपाल केवट, रामगनेश हरिजन, विरेन्द्र लोध, सुरेन्द्र यादव, इन्द्रकेश वि.क. को अगुवाईमा रुपन्देहीका विभिन्न स्थानीय तहमा वृक्षारोपण गरिएको जनमत पार्टी रुपन्देहीको अध्यक्ष भोपेन्द्र यादवले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]