२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

सिरहाको औरहीमा मतगणना स्थगित

Logo
प्रकाशित बिहिबार, जेठ ०५, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,४ जेष्ठ । सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो ।

विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने दलहरूको बीचमा सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी दिए ।

निर्वाचन आयोगको निर्देशन अनुसार पुनः दलहरुबीचमा छलफल गरी आगाडि बढ्ने उनले बताए ।

औरही गाउँपालिकाको ५, ४ र ३ वडाको मतगणना भइसकेको छ । २ नम्बर वडाको मतगणना भइरहेको थियो । तीनवटा वडामध्ये ४ नम्बर वडा माओवादी केन्द्रले जितेको छ भने दुइटा वडा जसपाले जितेको छ । हालसम्म अध्यक्ष र उपाध्यक्षमा जसपाले अग्रता लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]