०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

सिरहाको औरहीमा मतगणना स्थगित

Logo
प्रकाशित बिहिबार, जेठ ०५, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,४ जेष्ठ । सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो ।

विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने दलहरूको बीचमा सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी दिए ।

निर्वाचन आयोगको निर्देशन अनुसार पुनः दलहरुबीचमा छलफल गरी आगाडि बढ्ने उनले बताए ।

औरही गाउँपालिकाको ५, ४ र ३ वडाको मतगणना भइसकेको छ । २ नम्बर वडाको मतगणना भइरहेको थियो । तीनवटा वडामध्ये ४ नम्बर वडा माओवादी केन्द्रले जितेको छ भने दुइटा वडा जसपाले जितेको छ । हालसम्म अध्यक्ष र उपाध्यक्षमा जसपाले अग्रता लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]