११ पुष २०८२, शनिबार
27-12-2025 , Sat
×

चुनाव जितेपछी कांग्रेसले सघारामा निकालिए विजयी जुलुस

Logo
प्रकाशित बिहिबार, जेठ ०५, २०७९

मनोज मोरबैता
सघारा,५ जेष्ठ ।चुनावी नतिजा सार्वजनिक भएसँगै धनुषाको कमला नगरपालिका ४ सघारामा नेपाली कांग्रेसले विजयी जुलुस निकालिएको छ।

जुलुसमा सहभागीहरुले यो जीत कस्को जनताको, नेपाली काँग्रेस जिन्दावाद लगायतका नारा लगाउँदै विजय जुलुस मनाएको हो ।

कमला नगरपालिकाका नव निर्वाचित मेयर विशेश्वर यादव ,उपमेयर शिला देवी मण्डल ,वडा नम्बर ४ का नव निर्वाचित वडाध्यक्ष दिपक गोहिवार ( पप्पु) र सदस्यहरुलाई फुलमाला अविरले भव्य स्वागत तथा सम्मान गर्दैै काँग्रेसले विजय जुलुस जीतको खुशि छरेको छ ।

नव निर्वाचित वडाध्यक्ष गोहिबारको घरबाट निसकेको जुलुस वडाका विभिन्न टोल हुँदै वडाका परिक्रमा गरेको थियो।
जुलुसमा काँग्रेसको चुनावी गीतहरु घन्काइएको थियो भने महिला केटाकेटी, वृद्धवृद्धा सबैले नाचेर, कम्मर भाँचेर खुशि साटासाट गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]