१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

मधेश प्रदेशको तीन पालिका प्रमुखमा महिला विजयी

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९

सुभाष कर्ण
जनकपुरधाम,६ जेष्ठ । मधेश प्रदेशका तीन महिला पालिका बन्न सफल भएका छन् । रौतहटको दुई पालिका र सप्तरी एक पालिकामा कांग्रेस, एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) गरी फरक पार्टीबाट प्रमुख पदमा निर्वाचित भएका हुन्।

रौतहटको ईशनाथ नगरपालिका काैशिल्या देवी र मौलापुर नगरपालिकामा रीना साह तथा सप्तरीकाे सुरूङ्गा नगरपालिकामा गीता चाैधरी नगरप्रमुखमा महिला उम्मेदवारहरु निर्वाचित भएकी हुन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार ईशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ६६ वर्षीय कौशिल्या देवी ६ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

त्यस्तै राैतहटकै मौलापुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट ३७ वर्षीय पूर्वमन्त्री प्रभु साहकी श्रीमती रीना कुमार साहले ५ हजार ५ सय ६४ मत ल्याई पुनः दाेश्राे कार्यकालका लागि निर्वाचित भएकी छिन् भने सप्तरीकाे सुरूङ्गा नगरपालिकामा कांग्रेसबाट गीता चाैधरी ७ हजार २ सय ९२ मत ल्याई निर्वाचित भएकी छिन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेकी कौशिल्या देवी ०७४ मा निर्वाचित नगरप्रमुख सन्तोष मेहता लाई ९ सय ७५ मतान्तरले हराउँदै निर्वाचित भएकी हुन ।

पूर्व मन्त्री प्रभु साहकी श्रीमती रीना साह नेकपा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार राम प्रबेश राय यादवलाई २ हजार ५ सय २ मतले हराउदै निर्वाचित भएकी हुन् ।

उता अघिल्लो निर्वाचनमा निर्वाचित ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता यसपटकको निर्वाचनमा पराजित भएका छन् ।

सप्तरी जिल्लाकै इतिहासमा पहिलो महिला मेयरको रूपमा सुरुङ्गा नगरपालिकामा निवार्चित गीता चाेधरी नेकपा एकीकृत समाजवादीका रामनारायण चाैधरीलाई ३ हजार ७५ मतकाे मतान्तरले पराजित गरि निर्वाचित भएकी छिन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]