१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

मधेश प्रदेशको तीन पालिका प्रमुखमा महिला विजयी

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९

सुभाष कर्ण
जनकपुरधाम,६ जेष्ठ । मधेश प्रदेशका तीन महिला पालिका बन्न सफल भएका छन् । रौतहटको दुई पालिका र सप्तरी एक पालिकामा कांग्रेस, एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) गरी फरक पार्टीबाट प्रमुख पदमा निर्वाचित भएका हुन्।

रौतहटको ईशनाथ नगरपालिका काैशिल्या देवी र मौलापुर नगरपालिकामा रीना साह तथा सप्तरीकाे सुरूङ्गा नगरपालिकामा गीता चाैधरी नगरप्रमुखमा महिला उम्मेदवारहरु निर्वाचित भएकी हुन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार ईशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ६६ वर्षीय कौशिल्या देवी ६ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

त्यस्तै राैतहटकै मौलापुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट ३७ वर्षीय पूर्वमन्त्री प्रभु साहकी श्रीमती रीना कुमार साहले ५ हजार ५ सय ६४ मत ल्याई पुनः दाेश्राे कार्यकालका लागि निर्वाचित भएकी छिन् भने सप्तरीकाे सुरूङ्गा नगरपालिकामा कांग्रेसबाट गीता चाैधरी ७ हजार २ सय ९२ मत ल्याई निर्वाचित भएकी छिन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेकी कौशिल्या देवी ०७४ मा निर्वाचित नगरप्रमुख सन्तोष मेहता लाई ९ सय ७५ मतान्तरले हराउँदै निर्वाचित भएकी हुन ।

पूर्व मन्त्री प्रभु साहकी श्रीमती रीना साह नेकपा माओवादी केन्द्रबाट प्रमुख पदका उम्मेदवार राम प्रबेश राय यादवलाई २ हजार ५ सय २ मतले हराउदै निर्वाचित भएकी हुन् ।

उता अघिल्लो निर्वाचनमा निर्वाचित ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहता यसपटकको निर्वाचनमा पराजित भएका छन् ।

सप्तरी जिल्लाकै इतिहासमा पहिलो महिला मेयरको रूपमा सुरुङ्गा नगरपालिकामा निवार्चित गीता चाेधरी नेकपा एकीकृत समाजवादीका रामनारायण चाैधरीलाई ३ हजार ७५ मतकाे मतान्तरले पराजित गरि निर्वाचित भएकी छिन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]