०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

मर्चवारी पालिका अध्यक्ष, उपाध्यक्षमा जनता प्रगततिशील पार्टी विजयी

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

न्यूजमधेश डेस्क
भैरहवा,७ जेष्ठ । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन्। ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरे।

एक हजार १ सय ४० मतान्तरले विजयी भएका गया नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने चर्चा थियो, अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि गया जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए।

यस्तै, पालिका उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसको सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन्।

७ वडा रहेको मर्चवारीमा वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्ण कुमार सिंह ७ सय ६३ मत ल्याई निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका क्षेत्रिय सभापति मुकेश यादवले ७ सय ३७ मत प्राप्त गरे।

वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी, वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव, वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी, वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह, वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द, र वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मि निर्वाचित भएका छन । २२ हजार ७ सय ४७ मतदाता रहेको पालिकामा १७ हजार ३ सय ५७ जनाले मताधिकार प्रयोग गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]