२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

विराटनगरको मेयरमा कांग्रेसका कोइराला, उपमेयरमा एमालेकी कार्की निर्वाचित

Logo
प्रकाशित शनिबार, जेठ ०७, २०७९

न्यूजमधेश डेस्क
विराटनगर,७ जेष्ठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए।

यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत पाएका थिए।

उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ। एमालेकी शिल्पा कार्की २५ हजार ६ सय ८० मतसहित उपमेयरमा निर्वाचित भएकी हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत मात्रै पाए। यस्तै राप्रपाकी विन्दा कुमारी लुइटेल आचार्यले ६४०१ मत पाइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]