११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

योगेन्द्र पजियारलाई हराउँदै एमालेका सुखदेव बने क्षीरेश्वरनाथको मेयर

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ जेष्ठ। धनुषाको क्षीरेश्वर नाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् । यादवले ७९१३ मत प्राप्त गरी मेयरमा निर्वाचित भएको छ ।

 

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका धनुषा सभापति समेत रहेका योगेन्द्र पजियार ७३०० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा नेपाली काँग्रेसका रचना श्रेष्ठ माथेमा विजयी भएकी छिन् । उनले ७५५० मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्धन्द्धी सालिनी चौधरीले ७५११ मत प्राप्त गरेकी छिन् ।

मेयरमा पराजित पजियार क्षीरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर समेत रहेको भने उपमेयरमा निर्वाचित माथेमा पनि निवर्तमान उपमेयर रहेकी थिईन ।

क्षीरेश्वरनाथ नगरपालिकाको उपमेयर र १० वटा वडा मध्ये ८ वटा वडाध्यक्ष प्यानल सहित काँग्रेसका उम्मेदवारले जित्न सफल भएपनि मेयर र २ वटा वडा प्यानल सहित एमालेले जित निकाल्न सफल भएका छन् ।

यस पालिकाको वडा नं. १,२,३,४,५,७,८,१० र मा नेपाली काँग्रेसका वडा अध्यक्षहरु क्रमशः मकेश्वर यादव, देवु यादव, अमरकिशोर सिंह, जगदीश यादव, मुबारक कवाडी (नथुनी), मोदकुमार महतो(मोदी) र रामपदारथ यादव प्यानल सहित विजयी भएका छन् भने वडा नं. ६ र ९ मा क्रमशः बिनोद प्रसाद गुप्ता र अवध किशोर यादव नेकपा एमालेबाट प्यानल सहित विजयी भएका छन् ।

यस पलिकाको अघिल्लो चुनावमा पनि एमालेका अहिलेका मेयरका उम्मेदवार सुखदेव यादव र काँग्रेसका उम्मेदवार निवर्तमान मेयर समेत रहेको योगेन्द्र पजियार बीच नै टक्कर भएको थियो । त्यतिबेला यादव उपेन्द्र यादव नेतृत्वको जसपाबाट उम्मेदवार बनेका थिए र काँगे्रससँग हार व्यहोरेका थिए ।

यस पटक यादव एमालेमा प्रवेश गरेर मेयरको उम्मेदवार बन्दै जीत्न सफल भएको छ । यस अर्थमा जो संग अघिल्लो चुनाव हारेका थिए उसैलाई यस पटक हराउन यादव सफल भए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]