१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

योगेन्द्र पजियारलाई हराउँदै एमालेका सुखदेव बने क्षीरेश्वरनाथको मेयर

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,८ जेष्ठ। धनुषाको क्षीरेश्वर नाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् । यादवले ७९१३ मत प्राप्त गरी मेयरमा निर्वाचित भएको छ ।

 

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका धनुषा सभापति समेत रहेका योगेन्द्र पजियार ७३०० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा नेपाली काँग्रेसका रचना श्रेष्ठ माथेमा विजयी भएकी छिन् । उनले ७५५० मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्धन्द्धी सालिनी चौधरीले ७५११ मत प्राप्त गरेकी छिन् ।

मेयरमा पराजित पजियार क्षीरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर समेत रहेको भने उपमेयरमा निर्वाचित माथेमा पनि निवर्तमान उपमेयर रहेकी थिईन ।

क्षीरेश्वरनाथ नगरपालिकाको उपमेयर र १० वटा वडा मध्ये ८ वटा वडाध्यक्ष प्यानल सहित काँग्रेसका उम्मेदवारले जित्न सफल भएपनि मेयर र २ वटा वडा प्यानल सहित एमालेले जित निकाल्न सफल भएका छन् ।

यस पालिकाको वडा नं. १,२,३,४,५,७,८,१० र मा नेपाली काँग्रेसका वडा अध्यक्षहरु क्रमशः मकेश्वर यादव, देवु यादव, अमरकिशोर सिंह, जगदीश यादव, मुबारक कवाडी (नथुनी), मोदकुमार महतो(मोदी) र रामपदारथ यादव प्यानल सहित विजयी भएका छन् भने वडा नं. ६ र ९ मा क्रमशः बिनोद प्रसाद गुप्ता र अवध किशोर यादव नेकपा एमालेबाट प्यानल सहित विजयी भएका छन् ।

यस पलिकाको अघिल्लो चुनावमा पनि एमालेका अहिलेका मेयरका उम्मेदवार सुखदेव यादव र काँग्रेसका उम्मेदवार निवर्तमान मेयर समेत रहेको योगेन्द्र पजियार बीच नै टक्कर भएको थियो । त्यतिबेला यादव उपेन्द्र यादव नेतृत्वको जसपाबाट उम्मेदवार बनेका थिए र काँगे्रससँग हार व्यहोरेका थिए ।

यस पटक यादव एमालेमा प्रवेश गरेर मेयरको उम्मेदवार बन्दै जीत्न सफल भएको छ । यस अर्थमा जो संग अघिल्लो चुनाव हारेका थिए उसैलाई यस पटक हराउन यादव सफल भए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]