०८ जेठ २०८२, बिहिबार
22-05-2025 , Thu
×

धनुषामा मुख्य चार दलका जिल्ला अध्यक्षहरु नै पराजित

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ जेष्ठ । धनुषाको स्थानीय तहमा प्रतिस्पर्धा गरेका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षले निर्वाचनमा पराजय व्यहोरेका हुन् ।

नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार सुखदेव यादवले पराजित गरेका छन् ।

यादवले सात हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रस्पर्धी पजियार सात हजार ३०० मत ल्याएका छन् । पजियार निबर्तमान मेयर पनि हुन् ।

सबैला नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव तेस्रो नम्बरमा रहे । यहाँ नेकपा माओवादी केन्द्रका कारीराम यादव चार हजार २१२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका जगतसुन्दर साह चार हजार ७६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

एमालेका जिल्ला अध्यक्ष राजकिशोर तीन हजार ५८१ म्तसहित तेस्रो स्थानमा आएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा पराजित भएका छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादवसँग एक हजार २८ मतअन्तरले पराजित भएका हुन् । निर्वाचित भएका विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले २ हजार ८५९ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव धनुषाधाम नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनी तेस्रो नम्बरमा आएका छन् ।

धनुषाधाममा कांग्रेसबाट बालेश्‍वर मण्‍डल दोस्रो पटक चार हजार ७१८ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका योगकुमार यादवले चार हजार १७९ मत प्राप्त गरेका छन् । यादव भने तीन हजार २५९ मत ल्याएर तेस्रो स्थानमा रहे ।- अनलाइन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]