१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

धनुषामा मुख्य चार दलका जिल्ला अध्यक्षहरु नै पराजित

Logo
प्रकाशित आइतबार, जेठ ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ जेष्ठ । धनुषाको स्थानीय तहमा प्रतिस्पर्धा गरेका मुख्य दलका जिल्ला अध्यक्षहरु नै पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्षले निर्वाचनमा पराजय व्यहोरेका हुन् ।

नेपाली कांग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदबार सुखदेव यादवले पराजित गरेका छन् ।

यादवले सात हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रस्पर्धी पजियार सात हजार ३०० मत ल्याएका छन् । पजियार निबर्तमान मेयर पनि हुन् ।

सबैला नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव तेस्रो नम्बरमा रहे । यहाँ नेकपा माओवादी केन्द्रका कारीराम यादव चार हजार २१२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका जगतसुन्दर साह चार हजार ७६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

एमालेका जिल्ला अध्यक्ष राजकिशोर तीन हजार ५८१ म्तसहित तेस्रो स्थानमा आएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा पराजित भएका छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादवसँग एक हजार २८ मतअन्तरले पराजित भएका हुन् । निर्वाचित भएका विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले २ हजार ८५९ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव धनुषाधाम नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनी तेस्रो नम्बरमा आएका छन् ।

धनुषाधाममा कांग्रेसबाट बालेश्‍वर मण्‍डल दोस्रो पटक चार हजार ७१८ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका योगकुमार यादवले चार हजार १७९ मत प्राप्त गरेका छन् । यादव भने तीन हजार २५९ मत ल्याएर तेस्रो स्थानमा रहे ।- अनलाइन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]