१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

राज्यमन्त्री कुशवाहाद्वारा महोत्तरीका बाढी पीडितलाई राहत वितरण

Logo
प्रकाशित आइतबार, साउन १२, २०७६

जनकपुरधाम। प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार बाढी प्रभावित क्षेत्रमा आईतवारबाट राहत वितरण कार्य शुरु गरेको छ । साउनको पहिलो सत्ता लगातार वर्षाको कारण आएको बाढीबाट सबभन्दा बढी महोत्तरी जिल्ला प्रभावित भएको थियो । मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा गरेको प्रतिबद्धता अनुसार आईतवारबाट राहत वितरण कार्य शुरु भएको हो ।
महोत्तरीको मनरा नगरपालिकाको वडा नं. ६ र ७ अन्तर्गत सरपल्लोमा चारबढी बाढी प्रभावितलाई राहत वितरण गरिएको हो । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सुरोज सिंह कुशवाहाको विशेष उपस्थितिमा प्रदेश सरकारले आईतबारबाट राहत वितरण कार्य शुरु गरेका हुन । राज्यमन्त्री कुशवाहाले तत्काल बाढी प्रभावित व्यक्तिलाई २५ किलो चावल, ४ किलो दाल, एक थान कृपाल, एउटा मन्छरदानी लगायतका समाग्रीहरु वितरण गर्न लागेको बताएका छन् ।
मन्त्री कुशवाहाले मुख्यमन्त्री राउतले बाढी प्रभावित क्षेत्रमा अनुगमनको क्रममा गरेको प्रतिबद्धता अनुसार आईतवार मनरा गाउँपालिकाको दुईवटा वडामा राहत विरण कार्य शुरु गरेको बताएका छन् । उनले बाढीबाट सबभन्दा बढी प्रभावित महोत्तरी जिल्ला नै रहेको जिकिर गर्दै बाढी प्रभावित व्यक्तिलाई आजबाट राहत वितरण कार्य शुरु गरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]