०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

देशका केही स्थानमा मेघ गर्जन र हावा हुरीसहित वर्षाको सम्भावना

Logo
प्रकाशित सोमबार, जेठ ०९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,९ जेष्ठ। नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू-भागमा आंशिकदेखि सामान्यता सफा रहेको छ । साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछन । देशका केही स्थानहरूमा र मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]