०७ बैशाख २०८३, मंगलबार
21-04-2026 , Tue
×

सर्लाहीको बरहथवा नगरपालिकामा एमाले विजयी

Logo
प्रकाशित सोमबार, जेठ ०९, २०७९

ओमप्रकाश ठाकुर
सर्लाही ,९ जेष्ठ।सर्लाहीको बरहथवा नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेकी उम्मेदवार कल्पनाकुमारी कटुवालले नेकपा माओवादी केन्द्रका उम्मेदवार समेत रहेका निवर्तमान मेयर देवानन्द महतोलाई ५ हजार ६ सय ७ मतले हराउँदै विजयी भइन् । कटुवालले १२ हजार २ सय ७३ मत ल्याउँदा महतोले ६ हजार ६ सय ६६ मत मात्र ल्याए । कटुवालको जितसँगै जिल्लामा पहिलो पटक महिला प्रमुख विजयी भएका हुन् ।

त्यसैगरी उपमेयरमा एमालेकै रामबाबुप्रसाद साह विजयी भएका छन् । उनले ९ हजार ९ सय १ मत ल्याउँदा नेपाली कांग्रेसकी गंगा दहालले ७ हजार १ सय १९ मत ल्याइन् । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उपमेयर सीतादेवी माझीले भने ६ हजार ३ सय १४ मत मात्र ल्याइन् ।

योसँगै सर्लाहीमा एमालेले एक स्थानीय तह हात पार्न सफल भएको छ । गत निर्वाचनमा चार स्थानीय तह जितेको एमाले एक स्थानमा खुम्चिएको हो । बरहथवाको नतिजासँगै सर्लाहीका २० पालिकाको अन्तिम परिणाम पनि सकिएको छ ।

जसमध्ये १२ पालिका प्रमुख कांग्रेसले जितेको छ भने चार पालिकामा माओवादीले जित निकाल्न सफल भएको छ । दुई पालिकामा जनता समाजवादी र एक/एक स्थानीय तहमा लोसपा र एमालेले जित निकालेको निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]