०८ जेठ २०८२, बिहिबार
22-05-2025 , Thu
×

सर्लाहीको बरहथवा नगरपालिकामा एमाले विजयी

Logo
प्रकाशित सोमबार, जेठ ०९, २०७९

ओमप्रकाश ठाकुर
सर्लाही ,९ जेष्ठ।सर्लाहीको बरहथवा नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेकी उम्मेदवार कल्पनाकुमारी कटुवालले नेकपा माओवादी केन्द्रका उम्मेदवार समेत रहेका निवर्तमान मेयर देवानन्द महतोलाई ५ हजार ६ सय ७ मतले हराउँदै विजयी भइन् । कटुवालले १२ हजार २ सय ७३ मत ल्याउँदा महतोले ६ हजार ६ सय ६६ मत मात्र ल्याए । कटुवालको जितसँगै जिल्लामा पहिलो पटक महिला प्रमुख विजयी भएका हुन् ।

त्यसैगरी उपमेयरमा एमालेकै रामबाबुप्रसाद साह विजयी भएका छन् । उनले ९ हजार ९ सय १ मत ल्याउँदा नेपाली कांग्रेसकी गंगा दहालले ७ हजार १ सय १९ मत ल्याइन् । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उपमेयर सीतादेवी माझीले भने ६ हजार ३ सय १४ मत मात्र ल्याइन् ।

योसँगै सर्लाहीमा एमालेले एक स्थानीय तह हात पार्न सफल भएको छ । गत निर्वाचनमा चार स्थानीय तह जितेको एमाले एक स्थानमा खुम्चिएको हो । बरहथवाको नतिजासँगै सर्लाहीका २० पालिकाको अन्तिम परिणाम पनि सकिएको छ ।

जसमध्ये १२ पालिका प्रमुख कांग्रेसले जितेको छ भने चार पालिकामा माओवादीले जित निकाल्न सफल भएको छ । दुई पालिकामा जनता समाजवादी र एक/एक स्थानीय तहमा लोसपा र एमालेले जित निकालेको निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]