१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सत्तारुढ दल निकट विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

Logo
प्रकाशित सोमबार, जेठ ०९, २०७९

न्यूजमधेश डेस्क
काठमाडाैं ,९ जेष्ठ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा विरोध पर्दशन गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

विरोध पर्दशन​मा बोल्दै संगठनका महासचिव दिपेश पुनले जनताको ढाड सक्ने गरी भएको पेट्रोलियमको मुल्यवृद्धि फिर्ता गर्न माग गरे । उनले सरकारले मूल्यवृद्धि फिर्ता नगरे यसअघि जस्तो विरोध नभई निर्णयका आन्दोलन गर्ने बताए ।

आन्दोलनका एजेण्डा तय गर्न संयुक्त विद्यार्थी संगठनको बैठक जारी रहेको उनले जानकारी दिए । नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

आजै पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनको बैठक पनि नेविसंघको कार्यालय अनामनगरमा बसेको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]