०८ जेठ २०८२, बिहिबार
22-05-2025 , Thu
×

मागभन्दा १० हजार २ सय मेट्रिक टन धेरै ग्याँस भित्रिएपछि बढाइयो मूल्य

Logo
प्रकाशित सोमबार, जेठ ०९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,९ जेठ । नेपाल आयल निगमले आइतबार साँझ खाना पकाउने ग्याँससहित डिजेल, पेट्रोल र मटितेल र हवाइ इन्धनको मूल्य समेत बढायो । इन्धनमा भएको मूल्यवृद्धि पारदर्शी नभएको भन्दै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले निगमको मूल्यवृद्धि पारदर्शी नभएको भन्दै लामो स्ट्याटस फेसबुकमा लेखे ।

‘पेट्रोलियम पदार्थमा अनुचित मूल्य वृद्धि गरियो । उल्टो देशभरका पेट्रोल पम्पमा गतहप्ता देखि निगमको डिपो रित्तो पारेर पेट्रोल पम्पहरुमा तेल भरेर मुल्य वृद्धिको कुकर्म गरिएको छ’ बानियाँले थप लेखेका छन् ‘यी सबै काम पेट्रोलियम पदार्थका केही व्यापारीलाई रातारात अर्बपति बनाउने गरी भएको छ ।’ व्यापारीलाई पहिल्यै सूचना दिएर मूल्य बढाइएकोतर्फ बानियाँको संकेत थियो ।

पहिल्यै मूल्य सूचना चुहाएर व्यापारी पोस्ने आरोप निगमलाई पहिल्यैदेखि लाग्दै आएको छ । तर, यसलाई निगमका अधिकारीहरु अस्वीकार गर्छन् । बानियाँले लेखेको अभिव्यक्तिपछि हामीले डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्याँसमा मूल्य बढाउने सूचना लिक भएको थियो ? भनी निगमसँग विवरण माग गरेका थियौं ।

जसअनुसार निगमले गत शुक्रबार नै २० प्रतिशत कम मात्रामा बिक्री गरेका कारण सोमबार बिहान देशैभर डिजेल र पेट्रोलको अभाव भएको थियो । तर, खाना पकाउने ग्याँसमा भने केही कैफियत देखियो । जुन हामीलाई प्राप्त विवरणले पुष्टि गर्छ ।

केही समय अघिदेखि बजारमा खाना पकाउने ग्याँसको मूल्य बढ्ने हल्ला चलेको थियो । मूल्य बढ्ने हल्लाका कारण खुद्रा डिलरदेखि आयातकर्ता र उद्योगीले पनि अधिक मात्रामा खाना पकाउने ग्याँसको आयात गरेका थिए । जसलाई आयल निगमको २२ वैशाखको विज्ञप्तिले पनि पुष्टि गर्छ ।

बजारमा व्यापारीले ग्याँसको कृत्रिम अभाव सिर्जना गरेको भन्दै निगमले दैनिक खपत भन्दा धेरै परिमाणमा ग्याँसको आयात भएको भनी विज्ञप्ति नै निकालेको थियो । ‘दैनिक औसत माग र खपत भन्दा बढी परिमाणमा खाना पकाउने ग्याँस आयात भइरहेको छ’ निगमले विज्ञप्तिमा भनिएको थियो ।

कति थियो ग्याँस आयात ?

नेपाल आयल निगमकाअनुसार यो बेला ग्याँस कम खपत हुने सिजन हो । यो सिजनमा अघिल्ला वर्षहरुमा देशभर औसतमा दैनिक ७० देखि ८० बुलेट ग्याँस आवश्यक पथ्र्यो ।

तर, अहिले दैनिक १३० बुलेट ग्याँस नेपाल भित्रिरहेको आयल निगमको एलपीजी विभागले जनाएको छ । निगमले सार्वजनिक गरेको विवरणमा पनि अघिल्लो मार्च महिनामा भन्दा १० हजार २ सय मेट्रिक टन बढी ग्याँस भित्रिएको देखिन्छ ।

अपि्रल महिनाको खपतका लागि गत मार्चमा नेपालमा ३६ हजार ९२० मेट्रिकटन ग्याँस भित्रिएको थियो । यो २६ लाख सिलिन्डर बराबरको ग्यास हो ।

जबकी अहिलेको मे महिनाको खपतका लागि ४७ हजार १२५ मेट्रिकटन ग्याँस आयात भएको निगमको विवरणले देखाउँछ । जुन सिलिन्डरमा भन्दा ३३ लाख १८ हजार ६६१ सिलिन्डर बराबर हो ।

व्यवसायीलाई फाइदा

यसरी बढी आयात भएको ग्यास अब उद्योगीले मूल्य बढाएर बेच्न पाउने भएका छन् । व्यापारीले उपभोक्तालाई १४.२ किलो ग्रामको ग्याँस बिक्री गर्दै आएका छन् । मूल्य बढ्ने हल्लाकाबीच १० हजार २ सय मेट्रिकटन बढी ग्याँस व्यापारीले बढी खपत गर्नु र प्रतिसिलिन्डर मै २ सय रुपैयाँ मूल्यवृद्धि गरिदिए पछि व्यापारीलाई ठूलो लाभ भएको देखिन्छ ।

यस अघि १६ सय रुपैयाँ प्रतिसिलिन्डरमा बिक्री हुने प्रतिसिलिण्डर ग्याँसको मूल्य आइतबारबाट १८ सय रुपैयाँ पुगेको छ । मे महिनाको खपतका लागि ४७ हजार १२५ मेट्रिकटन ग्याँस आयात हुँदा यो सिलिण्डरमा हिसाब गर्दा ३३ लाख १८ हजार ६६१ सिलिन्डर हुन्छ । प्रतिसिलिन्डरमा २ सय रुपैयाँ वृद्धि हुँदा व्यवसायीलाई स्वत ६६ करोड ३७ लाख ३२ हजार रुपैयाँ भन्दा धेरै अतिरिक्त नाफा निश्चित भएको देखिन्छ ।

निगम भन्छ-माग बढेकाले मूल्य बढेको हो

तर, यो दाबीलाई नेपाल आयल निगमले भने खण्डन गरेको छ । दैनिक खपत भन्दा धेरै ग्याँस आयात भएको बेला मूल्य बढाउनु बाध्यता भएको निगमका कार्यकारी निर्देशक उमेश थानीले बताए ।

व्यवसायीले हड्ताल गरेर अभाव सिर्जना गरेपछि धरै ग्याँस आयात गर्नुपरेको उनले बताए । व्यवसायीलाई झण्डै ७० करोड लाभ सुनिश्चित हुनेगरी मूल्य किन बढाइएको भन्ने प्रश्नमा उनले भने ‘त्यो बेला अभाव थियो,हामीले धेरै ग्याँस आयात गरेकै हो,’ कार्यकारी निर्देशक थानीले दाबी गरे ‘व्यवसायीलाई लाभ हुने गरी मूल्य बढाएको होइन ।’

उनले इन्धनको मूल्य अझै बढ्ने पनि दाबी गरे । आईओसीलाई पैसा तिर्न कुनै बाटो नभएको र कर छुट पनि नपाएका कारण उपभोक्ता मूल्य बढाउनुको विकल्प नभएको उनको दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]