०९ भाद्र २०८२, मंगलबार
26-08-2025 , Tue
×

जनमत पार्टी बाट मेयर बनेका माझी एक्सनमा : रोजगारी पहिलो प्राथमिकता

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

दिपेन्द्र यादव , सिरहा १० जेष्ठ : डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर बनेका वीरेन्द्र माझीले नगरपालिका भित्र दुई वटा उद्योग स्थापना गर्ने निर्णय गरेको छ। मेयर माझिले नगर भित्र बनाना ( केरा ) चिप्स उद्योग र झोला उद्योग स्थापना गरि पहिलो चरणमा १०० -१५० जनालाई रोजगारी दिइने बताउनु भएको छ। जनमत पार्टीले दश लाख रोजगारी सिर्जना गर्ने योजना रहेको बताउदै आएको थियो। त्यसतै नगर भित्र विपन्‍न परिवारलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन उपलब्ध गराउने निर्णय भएको जनाइएको छ।

जनमत पार्टीबाट निर्वाचित भएर पदभार ग्रहण गर्दै उनले विपन्‍न परिवारलाई रासन कार्ड र वृद्ध किसानलाई पेन्सन उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् । माझीले जन्म, विवाह र मृत्यु दर्ताकाे प्रमाणपत्रसँगै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

नगरपालिकाभित्र भोकै बस्नुपर्ने अवस्थाका अति विपन्न वर्ग परिवारको पहिचान गरी उनीहरुलाई रासन कार्ड उपलब्ध गराइने र सुकुम्बासीको पहिचान गरी प्रदेश र संघीय सरकारको समन्वयमा भूमि उपलब्ध गराइने प्रतिबद्धता उनले व्यक्त गरे।

उनले जग्गा र घर समेत नहुने अतिविपन्न परिवारलाई एकीकृत वस्तीमार्फत् वासको व्यवस्था गर्ने योजना रहेको बताए । लुगाको समस्या हुनेका लागि नगरपालिकाभित्र क्लथ बैंक स्थापना गरिने र त्यहाँबाट निःशुल्क लुगा उपलब्ध गराउने मेयर माझीको भनाइ छ।

किसानलाई विभिन्न भागमा वर्गीकरण गरी किसान कार्डको व्यवस्था गर्दै निःशुल्क कृषि मिटर उपलब्ध गराउनुका साथै नगरपालिकाले तोकेको हदसम्म कृषि बिजुली निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि मेयर माझीले गरेका छन् ।नगरपालिकाभित्र तोकेको मापदण्ड पुग्ने हरेक नागरिकलाई कम्तीमा न्यूनतम स्वास्थ्य बीमा उपलब्ध गराउन र नगरपालिकाभित्रका अस्पतालमा निःशुल्क औषधिको व्यवस्था गर्न पहल गरिने ,वृद्ध तथा अशक्तलाई घर घरमा चिकित्सक गएर नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने पनि प्रतिबद्धता गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]