१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

राजनीतिक दलहरुमा युवाशक्तिको खाँचो छ : अध्यक्ष नेपाल

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

न्यूजमधेश डेस्क
मकवानपुर,१० जेष्ठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा देशलाई जोश, जागर र आँट भएका युवाशक्तिको खाँचो भएको बताएका छन् ।

सो पार्टीको मकवानपुर जिल्ला कमिटिको आयोजनामा आज हेटौँडामा पार्टीका तर्फबाट गठबन्धनका हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित मीना लामा, गठबन्धनका नेपाली कांग्रेसका उपप्रमुख पदमा निर्वाचित राजेश बानियाँ तथा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष र वडा सदस्यलाई निर्वाचित भएकोमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले सो धारणा व्यक्त गरेका हुन्।

उनले हेटौँडा उपमहानगरपालिका, पोखरा महानगरपालिका, रौतहट जिल्लामा भएका नगरपालिका, गाउँ पालिकालगायतका देशको अन्य तहमा पनि पार्टीका उम्मेदवार विजयी भएका पालिकामा अब योजनाबद्ध ढङ्गले जनताका अपेक्षा, सरोकारका विषयमा र विकास निर्माणका विषयमा जनतासँगनै मिलेर काम गर्न अनुरोध गरे।

अध्यक्ष नेपालले स्थानीय तहमा सामाजिक न्याय ,सामाजिक समानता, विकास तथा समृद्धिको उद्देश्य पूरा गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

यसैगरी नवनिर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रमुख लामाले निर्वाचित भएर पहिलो काम विपन्न वर्गलाइ स्वास्थ्य बीमा निःशुल्क गर्ने तथा अस्पतालमा लैजान एम्बुलेन्स निःशुल्क गर्ने व्यवस्था सुरु गरेको जानकारी दिए। प्रमुख लामाले अब सामाजिक सेवा ,स्वास्थ्य सेवा ,शिक्षा तथा पूर्वाधार निर्माण तर्फ विशेष ध्यान केन्द्रित गरेर काम गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]