२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

जनकपुरका मेयर मनोजले गरे पहिलो निर्णय : वडालाई नै दिए फोहोर उठाउने जिम्मा

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले फोहोर उठाउने जिम्मा सबै वडालाई दिने आफ्नो पहिलो निर्णय गरेका छन् ।

यसअघि शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरपालिकाले केन्द्रीतकृत रुपमा गरिरहेकोमा त्यसलाई बिकेन्द्रित गर्दै सबै वडालाई जिम्मेबारी दिने निर्णय उनले गरेका छन् ।

मंगलबार पदभार ग्रहण गर्दै उनले यो निर्णयमा हस्ताक्षर गरेका छन् ।

यस्तै, उपमहानगरपालिका कार्यालयलाई थप सेवाग्राही मैत्री बनाउने, सुशासनयुक्त र पारदर्शी बनाउने निर्णय पनि भएको छ ।

कर्मचारी अभावले यसअघि बिभिन्न शाखामा बिषय बिज्ञ नभएपनि खटाउने काम हुँदै आएकोमा त्यसलाई रोक्ने निर्णय गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]