
न्यूजमधेश डेस्क
जनकपुरधाम,१० जेष्ठ । धनुषाको बिदेह नगरपालिकाका नवनिर्वाचित मेयर बेचन दासले सुत्केरी तथा गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय गरेको छ।
मेयर दासले पदभार ग्रहण गर्दै उनले सुत्केरी तथा गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय गरेको छ।
मेयर बेचन दास र उपमेयर आशादेवी झाले पदभार ग्रहण गरेकी हुन् ।आज जनकपुरमा मेयर दासले पद तथा गोपनियताको शपथ लिएका थिए ।

विदेह नगरपालिकाकी उपमेयर आशा झाले पदभार ग्रहण गर्दै।
त्यसपछि मेयर दास नगरपालिका पुगेर उपमेयर झा, वडाध्यक्षहरु र वडा सदस्यहरुलाई शपथ ग्रहण गराए । लगत्तै मेयर दास, उपमेयर झा र वडाध्यक्षहरु पदभार ग्रहण गरेका छन् ।