२८ बैशाख २०८१, शुक्रबार
10-05-2024 , Fri
×

मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,११ जेष्ठ ।बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।

आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन्। गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसारमारिनेमा सात जना महिला छन्।

आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए। शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका थिए।

आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन। मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन्। लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले मधेस प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरूको बहुमत हुने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जसपाले यस्तो दाबी गरेको हो । राई नेतृत्वको जसपाका महासचिव मोहम्मद इश्तियाक राईले केन्दमा झैँ मधेस प्रदेश सरकारमा पनि आफूहरूकै नेतृत्वका सांसदहरूको बहुमत हुने दाबी गरेका हुन् । उनले केन्द्र […]

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा […]

जनकपुरधाम।मिर्चैयाका अग्निपिडितलाई जनमत पार्टीकी प्रदेश सांसद भाग्यश्री चौधरीको पहलमा राहत वितरण गरेकी छिन् । सिरहाको मिर्चैया नगरपालिका-८ मझौवा टोलमा बैशाख २४ गते भएको आगलागीबाट ६ जनाको घर जलेर नष्ट भएको थिए।उनिहरुको घरमा भएको सम्पुर्ण सामग्रीसहित जनधनको छती भएको सांसद चौधरीले न्यूजमधेशलाई सुनाए। सांसद चौधरीको पहलमा Helping Heart Nepal परोपकारी संस्थाले अग्निपिडित ६ घर परिवारलाई खाद्यान्न […]