२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

लक्ष्मीपछि सरस्वतीको बिजोग

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,११ जेष्ठ ।सप्तरी जिल्लाको पत्नी सरस्वती कुमारीलाई परिवारजनले कुटपिट गरी घर निकाला गरिएकी एक महिलालाई अदालतको आदेशपछि मंगलबार घर भित्राइएको छ ।

राजविराज नगरपालिका–१ वस्ने सुरेश कुमार दासकी २६ वर्षीया पत्नी सरस्वती कुमारीलाई जनप्रतिनिधि, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानीयको उपस्थितिबीच घर भित्राइएको हो ।

घर प्रवेशका लागि व्यवस्था मिलाउन प्रहरीसहितको टोली आउन लागेको थाहा पाएपछि सरस्वतीका ससुरा शुभनारायण, सासु राजोदेवी लगायत परिवारका अन्य सदस्यले घरको मूल गेटको भित्र र बाहिरपट्टीबाट समेत ताला लगाएका थिए ।

ताल्चा खोल्न पटक पटक सरस्वतीसहित टोलीमा सहभागी अन्यले आग्रह गर्दा नमानेपछि सरस्वती स्वयमले हतौडा र ढुङ्गाले ताल्चा फुटाएर घर प्रवेश गरेकी थिइन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम माइत रहेकी सरस्वतीको २०७२ साल जेठ २९ गते सुरेशसँग विवाह भएको थियो ।

केही दिनपछि दाइजोको विषयलाई लिएर परिवारका सदस्यसित परेको खटपटका कारण उनलाई डेढ वर्षअघि कुटपिट गर्दै घर निकाला गरिएपछि न्यायका लागि उनी सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गर्न पुगेकी थिइन् । अधिवक्ता किरणकुमारी साहले उनलाई निशुल्क कानुनी सहायता उपलब्ध गराएकी थिइन् । उक्त मुद्दा उपर सुनुवाई गर्दै अघिल्लो दिन सोमबार न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले मुद्दाको अन्तिम निर्णय नभएसम्म अन्तरिम संरक्षणात्मक आदेश जारी गरेपछि उनलाई घर प्रवेश गराइएको प्रहरीले जनाएको छ ।

अदालतको आदेशमा दुई नाबालक छोरासहित सरस्वतीलाई निज बसि आएको घरमा बसोवास गर्न दिनु तथा कुटपिट र गाली बेइज्जत नगर्नु उल्लेख छ ।

सरस्वतीले दाइजोका लागि पटक पटक पति सुरेशका साथै सासु, ससुराले मानसिक तथा शारीरिक यातना दिने गरेको सुनाइन् । पछिल्लो पटक त काखमा रहेका छोरासमेत कुटपिट गर्दै घर निकाला नै गरिदिएपछि अन्तिम स्थितिमा अदालत पुगेको उनले बताइन् । उनलाई निशुल्क कानुनी सहायता उपलब्ध गराइरहेकी प्रदेश कानुन अधिकृत समेत रहेकी अधिवक्ता साहले पीडित महिलालाई न्याय दिलाउन २०६६ को दफा ६ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ भन्ने फिराद र निवेदन लिएर अदालत पुग्नुपर्ने अवस्था अन्त्य गर्न समाजका सबै नागरिकले आवश्यक पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

अदालतले दिएको संरक्षाणात्मक आदेशपछि दुई महिनाभित्र पीडित महिलालाई घर भित्राउने सप्तरीमा यसअघि परिवारजनबाट विभिन्न बहानामा कुटपिट गरी घर निकाला गरिएकी राजविराज नगरपालिका–५ की २० वर्षीय ब्युटी झा र रुपनी गाउँपालिका–७ की २५ वर्षीया लक्ष्मी भगतलाई पनि अदालतकै आदेशमा घर भित्राइएको थियो ।- जनकपुर टुडे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]