०१ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

काठमाडौंको मेयरमा बालेनको जित सुनिश्चित हुँदा पुर्ख्यौली गाउँ महोत्तरीमा खुसीयाली

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

किरण कर्ण
जनकपुरधाम,११ जेष्ठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् ।

मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् ।

बालेनको पुर्ख्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । उनीहरु गाउँमा आउँदा आफन्तको घरमा बस्ने गर्दछन् । पहिलो पटक मधेसको एउटा ठिटो काठमाडौं महानगरपालिकाको प्रमुखमा दोब्बर मतले अगाडि रहँदा एकडाराका बासिन्दा गद्गद् छन् ।

बालेन निर्वाचित भएपछि उनलाई सम्मान र बधाई ज्ञापन गर्नकै लागि भए पनि यहाँका युवाहरु काठमाडौं जाने योजना बुनिरहेका छन् ।​ बालेनका हजुरबुबा मुनिलाल साह यो गाउँका जमिनदार मानिन्थे । मुनिलालका छोरा डा.रामनारायण साह करिब चार दशक अघि नै काठमाडौंको सिंहदरबारस्थित आयूर्वेद औषधालयमा चिकित्सको रुपमा काम गर्न गएका थिए । त्यही बेलादेखि उनी काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

उनले त्यहीँ विवाह गरे । रामनारायणका दुई छोरा जन्मिए । जसमध्ये जेठो कौशलेन्द्र साह र कान्छो बालेन्द्र साह हुन् । एकडारा गाउँमा बस्दै आएका बद्रीनारायण साह नाताले बालेनका हजुरबुबा पर्दछन् । बालेन काठमाडौं महानगरको प्रमुखमा जित उन्मुख भएको सुनेपछि आफूमा एक किसिमको कौतुहलता जागेको बद्रीनारायण बताउँछन् ।

स्थानीयवासी सुजित कुमार यादवले बालेन साहले काठमाडौं महानगरको प्रमुखमा फराकिलो अग्रता बनाएकोमा आफूहरुलाई खुसी लागेको बताए । उनका अनुसार बालेनको परिवार जमिनदार भएकाले विगतमा गाउँका थुप्रै गरिबलाई आफ्नो जमिनमा बसोबास गर्न दिएको, गाउँमा बजार लगाउनका लागि जग्गा दिएको र गाउँघरमा हुने सामाजिक कार्यहरुमा समेत अग्रसरता लिने गरेको छ ।

उनले भने, ‘बालेनको घरपरिवारले यो गाउँमा धेरै गुन लगाएको छ, यो गाउँसमाजमा उहाँहरुको धेरै योगदान छ ।’ स्थानीयवासी राजकुमार यादवले पनि बालेन काठमाडौं महानगरको प्रमुखमा विजयउन्मुख हुँदै गएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै मोहम्मद इमुमामुदिन राइनले भने अहिलेसम्म बालेनलाई प्रत्यक्ष रुपमा नदेखेको बताए । यद्यपि उनको चर्चा गाउँमा दिनहुँ हुने गरेको उनी बताउँछन् । उनले काठमाडौं महानगरको मतगणना सम्पन्न भएपछि बालेनको भव्यरुपमा सम्मान गर्न, स्वागत गर्न र बधाई ज्ञापन गर्न आफू लगायत गाउँका धेरै जना काठमाडौं जाने तयारीमा रहेको बताए ।​ कुरेशा खातुनले पनि बालेन विजयी भएको खबर सुन्न आफूहरु आतुर रहेको बताइन् ।साभारः राटोपाती

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]