२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

बलात्कारसम्बन्धी कानुनमा रहेको हदम्याद हटाउँछौं : प्रधानमन्त्री देउवा

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं, ११ जेष्ठ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बलात्कारको घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका छन्।

बुधबार कांग्रेसका नेतृहरूले स्थानीय तहको जनप्रतिनिधिमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महंगी बढेको तथा सामाजिक अपराधका घटनाहरुमा न्याय निरुपण जटिल बनेको भन्दै गरेको ध्यानाकर्षणमा देउवाले हदम्याद तत्काल हटाउने प्रतिबद्धता जनाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन्।

ध्यानाकर्षणपत्र बुझाउँदै संसदीय दल सचेतक पुष्पा भुषालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएकोमा ध्यानाकर्षण गराएकी थिइन्। उनले आउँदो प्रदेश र संसदीय निर्वाचनमा महिलाहरुको सम्मानजनक उपस्थिति पार्टीले गराउन अनुरोध गरेकी थिइन्।

जवाफमा देउवा उपस्थिति कम भएको स्वीकार गर्दै यो विषयमा पछि सल्लाह गर्ने प्रतिबद्धता जनाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]