०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

बालेनले काठमाडौंमा जितेर महोत्तरीको शान बढायो : मेयर मण्डल

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

राजकरण महतो
काठमाडौं ,११ जेष्ठ । बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित गरेर पुर्खौली जिल्ला महोत्तरीको शान बढाएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताएका छन्।

धार्मिक, साँस्कृति तथा ऐतिहासिक नगरि मटिहानी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण पछिको सभामा बोल्दै उनले यस्तो बताएका हुन्। काठमाडौंबासी जनताले मधेशी अनुहारलाई रोजेर हिमाल, पहाड, तराईको भावनात्मक सम्बन्ध देशैभरी प्रगाढ बनाएकोमा उनले खुशी व्यक्त गरे।

‘देशको राजधानी काठमाडौं जस्तो ठाउँमा बालेन्द्र शाहले जित सुनिश्चित गरेको छ। धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारले जितेको छ। जनताले फरक क्षेत्रका उम्मेदवारलाई पनि जिताएका छन्’, मेयर मण्डलले भने, ‘विकासका लागि मतदाताले विश्वास गरेर मत दिएका छन्। राजनीतिक दलका उम्मेदवारलाई प्ररास्त गरेर नेपाली जनताले स्वतन्त्र उम्मेदवारलाई नेपाली राजनीतिमा प्रवेश गराएको छ।’

स्वतन्त्र उम्मेदवारलाई जिताएर नेपाली जनताले राजनीति वृत्तमा ईतिहास रचेको उनले बताए । ‘उनीहरुसँग सोंच होला, विचार होला, त्यो पालिका बनाउने अठोट होला त्यही भएर त्यहाँका आम जनताले उनीहरुलाई भोट दिएर नेपाली ईतिहास बनाउन जनताले ठूलो अभियान चलाएको छ’, उनले भने, ‘त्यो कुरा हामीले बुझ्नुपर्छ। साइकलमा हिड्नेलाई धरानमा जितायो। ’

जनताको ईच्छा, अपेक्षा र विश्वासलाई मनमा राखेर समाज परिवर्तनका लागि जनप्रतिनिधिहरुले काम गर्नु पर्नेमा उनले जोड दिए। ‘हामी सबैले विकासको मुल मन्त्रलाई बुझौं। हामी विभिन्न राजनीतिक दलबाट आएर जितेका हौं। राजनीतिक दल एउटा छाप हुन्छ। जितेपछि हाम्रो कर्तव्य जनताको सेवा गर्नु हो’, मेयर मण्डले भने, ‘हामीले विकासका कामलाई निरन्तर अगाडि बढायौं भने मात्रै जनताको सच्चा सेवक बन्न सक्छौं। जनताको बीचमा कसरी हामी प्रस्तुत हुन्छौं, त्यो नै हाम्रो प्रतिष्ठाको मेरुदण्ड बन्छ। त्यसैले हामी सबै जनप्रतिनिधिको एउटै लक्ष्य र मर्म विकास हुनुपर्छ।’

दलहरुको विकल्पमा स्वतन्त्र उम्मेदवारहरुलाई परिक्षणको रुपमा नेपाली जनताले जिताउने अभियान चलाएको उनले बताए। ‘सारा ठाउँमा नयाँ जनप्रतिनिधि आएको छ, सबै नेपालीले मतदान गरेर जिताएको छ। स्थानीय निकाय नमूना बन्यो भने प्रदेश बन्छ, सबै प्रदेश उत्कृष्ठ बन्यो भने हाम्रो समुन्नत देश बन्छ। यो नै सबैभन्दा ठूलो विकास र परिवर्तनको मन्त्र हो। यो मन्त्र पूरा भएको दिन हामी सबै नेपालीको खुशीको क्षण हुने छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]