१३ कार्तिक २०८२, बिहिबार
30-10-2025 , Thu
×

सडक दुर्घटनामा २५ वर्षीय युवाको मृत्यु

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
बर्दिया ,११ जेष्ठ ।मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बाँसगढी नगरपालिका–२ मदाहाका २५ वर्षीय आशिस चौधरीको बुधबार मृत्यु भएको हो।

मधुवन नगरपालिका–४ मख्खनचोक स्थित हुलाकी सडक खण्डमा ढोढरीदेखि भुरीगाउँतर्फ जाँदै गरेको लु ६२ प ४७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दिउँसो ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको पिलरमा ठोक्किँदा चौधरी गम्भीर घाइते भएका थिए।

घाइते चौधरीलाई उपचारको लागि भेरी अस्पताल नेपालगंज पुर्‍याइएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]