१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

जनकपुरका युवाहरु पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा गरे प्रदर्शन

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ जेष्ठ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजको माग गर्दै युवाहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

बुधवार युवाहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै जनकपुरको शिव चौकमा प्रदर्शन गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा उत्रेका युवा किसन साहले बताए ।

जनतालाई खान, लाउन शंकट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यवहारिक गतिविधिमा लिप्त रहेको साहको टिप्पणी छ । जनताको कर एसी गाडीमा झण्डा हालेर हिँड्नका लागि नभएको भन्दै राज्यले जनतामाथि परिरहेको शंकटको बेलामा अविभावकत्व लिनुपर्ने बताए ।

पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरुको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने जिकिर गरे । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कुनैपनि हिसावले ठिक नभएको बताए । सरकारले अविलम्व पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन बिरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनी समेत दिए ।

निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरुलाई सेवा, सुविधा थप गर्न सरकार लागि परेको भन्दै उनीहरुले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बताए ।

उनीहरुले आयल निगमले ३३ अर्ब घाटा भनेको तर ५५ अर्ब नाफा भएको कुरा जनतालाई नभनेको आरोप लगाए । प्रदर्शनकारीहरुले गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार, आयाल निगमका भ्रष्ट कर्मचारी मुर्दावाद जस्ता नारा लगाएर बिरोध गरेका थिए ।

सरकारले गत आइतवार रातिबाट लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । अहिले पेट्रोल प्रसतसलटर १८०, डिजेल र मट्टितेल १६३, आन्तरिक हवाईमा १६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १ हजार ८०० रुपैयाँ पुर्‍याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]