०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

नेपालगञ्ज आउँदै गरेको बस दैलेखमा दुर्घटना

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
दैलेख,११ जेठ। दैलेखमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२ स्थित सिस्नेमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए । उनका अनुसार घटनास्थलमा ४ जना अचेत अवस्थामा भेटिएका छन् ।

बस यात्रुले खचाखच भरिएको छ । प्रहरीका अनुसार बसमा ५०/६० जना सवार छन् ।

बस दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर प्रसाद साहले बताए ।

बस सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]