०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

नेपालगञ्ज आउँदै गरेको बस दैलेखमा दुर्घटना

Logo
प्रकाशित बुधबार, जेठ ११, २०७९

न्यूजमधेश डेस्क
दैलेख,११ जेठ। दैलेखमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२ स्थित सिस्नेमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए । उनका अनुसार घटनास्थलमा ४ जना अचेत अवस्थामा भेटिएका छन् ।

बस यात्रुले खचाखच भरिएको छ । प्रहरीका अनुसार बसमा ५०/६० जना सवार छन् ।

बस दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर प्रसाद साहले बताए ।

बस सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]