०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

‘बच्चन पाण्डे’को असफलतापछि अक्षयले घटाए पारिश्रमिक

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१२ जेष्ठ । अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन्। उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन्। तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो—‘बच्चन पाण्डे’को असफलता।

यो फिल्म असफल भएपछि अभिनेताले आउदा प्रोजेक्टका लागि पारिश्रमिकमा केही कटौती गर्ने निर्णय लिएका छन् । यद्यपि, उनले सबै प्रोजेक्टका लागि भने पारिश्रमिक कटौती गरेका होइनन्। कम तथा मध्यम बजेटका फिल्मका लागि मात्र अक्षयले पारिश्रमिक घटाएका हुन्।

उनले ‘सेल्फी’ र ‘सुराराई पोत्र’ जस्ता रिमेक प्रोजेक्टका लागि सय करोडभन्दा कम पारिश्रमिक लिँदैछन्।

अक्षयको फिल्म ‘बच्चन पाण्डे’ झण्डै एक सय ८० करोडको लागतमा बनेको थियो। फिल्मको बजेट अक्षयकै पारिश्रमिकका कारण बढेको थियो। किनकी उनले एक्लै यो फिल्मबाट सय करोड बढी पारिश्रमिक लिएका थिए। फिल्म रिलिजपछि यसले बक्सअफिसमा केवल ५० करोडमात्र कलेक्सन गर्न सकेको थियो।

यो फिल्ममात्र नभई ‘बेलबटम’ को बजेट पनि अक्षयको महंगो पारिश्रमिकका कारण बढेको थियो। ‘बच्चन पाण्डे’ मार्च १८, २०२२ मा होलीको मौका पारी रिलिज भएको थियो। यो फिल्ममा अक्षयसँगै कृति सेनन, अरशद वारसी र ज्याकुलिन फर्नान्डिजजस्ता कलाकारको अभिनय थियो। फिल्मको निर्देशन फरहाद सामजीले गरेका थिए।

अक्षयका फिल्महरु ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘ओह माय गड २’ निर्माणसँगै प्रदर्शनको चरणमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]