०३ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

जनताको स्वास्थ्य समस्या निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने मेयर विशेश्वरको पहिलो निर्णय

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

मनोज मोरबैता
जनकपुरधाम,१२ जेष्ठ ।धनुषाको कमला नगरपालिकाका नवनिर्वाचित मेयर विशेश्वर यादवले नगरबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेको छ।

मेयर यादवले पदभार ग्रहण गर्दै कमला नगरपालिकाबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेका हुन।

मेयर विशेश्वर यादव र उपमेयर शिला देवी मण्डलले पदभार ग्रहण गरेकी छिन् ।मेयर यादवले मंगलबारनै पद तथा गोपनियताको शपथ लिएका थिए।उनी आज नगरपालिकाको कार्यलय अगाडि एक कार्यक्रमको आयोजना गरि उपमेयर शिला देवी मण्डल ,वडाध्यक्षहरु र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ।

सो कार्यक्रममा निवर्तमान मेयर राम उदगार गोइत ,नगरपालिकाका प्रनुख प्रशासकीय अधिकृत सुबोध ठाकुर ,ईलाका प्रहरी कार्यलय खजुरीका प्रमुख ,सशस्त्र प्रहरी बल दुबैरकोठका प्रमुख ,नगरपालिकाका कर्मचारीहरुको उपस्तिथिमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]