०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जनताको स्वास्थ्य समस्या निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने मेयर विशेश्वरको पहिलो निर्णय

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

मनोज मोरबैता
जनकपुरधाम,१२ जेष्ठ ।धनुषाको कमला नगरपालिकाका नवनिर्वाचित मेयर विशेश्वर यादवले नगरबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेको छ।

मेयर यादवले पदभार ग्रहण गर्दै कमला नगरपालिकाबासीको स्वास्थ्य समस्याको निराकरणको लागि एम्बुलेन्स खरिद गर्ने पहिलो निर्णय गरेका हुन।

मेयर विशेश्वर यादव र उपमेयर शिला देवी मण्डलले पदभार ग्रहण गरेकी छिन् ।मेयर यादवले मंगलबारनै पद तथा गोपनियताको शपथ लिएका थिए।उनी आज नगरपालिकाको कार्यलय अगाडि एक कार्यक्रमको आयोजना गरि उपमेयर शिला देवी मण्डल ,वडाध्यक्षहरु र सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ।

सो कार्यक्रममा निवर्तमान मेयर राम उदगार गोइत ,नगरपालिकाका प्रनुख प्रशासकीय अधिकृत सुबोध ठाकुर ,ईलाका प्रहरी कार्यलय खजुरीका प्रमुख ,सशस्त्र प्रहरी बल दुबैरकोठका प्रमुख ,नगरपालिकाका कर्मचारीहरुको उपस्तिथिमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]