०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

जनप्रतिनिधीलाई बधाई दिदैं डा. राउतले गरे बलान नदी कटान क्षेत्रको अनुगमन

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,१२ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले सप्तरीको बलान बिहुल गाउँपालिकाको विद्यालयदेखि कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाई दिन पुगेका अध्यक्ष डा राउत गाउँपालिकाका वडा कार्यलय, विद्यालय, स्वास्थ्य चौकी र बलान नदिको कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनले यी क्षेत्रको सम्भावित सुधार तथा विकासका सम्भावनाको बारेमा अध्ययन गर्दै गाउँपालिका अध्यक्षलाई सुझाव दिएका छन् ।

त्यसअघि बलान बिहुल गाउँपालिकाको कार्यलय पुगेर गाउँपालिका प्रमुख खेमचन्द्र यादव र उपप्रमुख रिना देवीसहितका जनप्रतिनिधिलाई डा. राउतले बधाई दिए ।

त्यस अवसरमा उनले स्थानीय जनताका गुनासो र अपेक्षाहरुलाई प्रभावकारी तरीकाले सम्बोधन गर्ने संयन्त्रको विषयमा छलफल समेत भएको बलाल बिहुल गाउँपालिका प्रमुख खेमचन्द्र यादवले बताए ।

अनुगमन टोलिमा जनमत पार्टीका कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादव, गाउँपालिका प्रमुख खेमचन्द्र यादव, उपाध्यक्ष रिना देवी यादव लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]