२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

मेयर यादवले पदभार सम्हाले,कार्यभारको प्राथमिकतामा सहिद परिवार

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

जीतेन्द्र कुमार राम
जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ।

जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन।

सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी र नगरपालिका भवनको रोहबरमा पदभार सम्हाल्दैप्रमुख यादबले भने कार्यभारको प्राथमिकतामा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि जीवन उत्सर्ग गरेका सहिदपरिवारलाइ तथा बेपत्ता परिवारलाइ ब्यबस्थापनमा भने जोड दिने बताएका छन।

प्रमुख यादवले ती परिवारको ब्यबस्थापनको लागि आर्थिक अभाव नहुने र श्रम गर्न अप्ठ्यारो नहुने भनी शिपमुलक तालिमकोब्यबस्थापन गर्ने बताएका छन।

पदभारको पहिलो दिन नै नगरप्रमुख यादवले ४ बुंदे बिकासका नीति ल्याएका छन ।जसमा कृषी,स्वास्थ्य,सामाजिक सुरक्षाभत्ता,सहिद परिवार रहेका छन।

प्रमुख यादवले सवैला नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सवैलामा तुरुन्त विशेषज्ञ डाक्टरको ब्यबस्था गरि आकस्मिकसेवा सुचारु गर्ने ,नगरभित्रका सुगर र प्रेसरका बिरामिलाइ निशुल्क इलाज र औषधिको ब्यबस्थापन गर्ने जनाएका छन।

कृषि र कृषकको हकमा कृषि मिटरको महसुल नगरपालिकाले नै तिर्ने ,सामाजिक सुरक्षाको हकमा तुरुन्त सामाजिक सुरक्षा भत्तानिकासा गर्ने योजनामा राखेको समेत जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]