२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

मेयर यादवले पदभार सम्हाले,कार्यभारको प्राथमिकतामा सहिद परिवार

Logo
प्रकाशित बिहिबार, जेठ १२, २०७९

जीतेन्द्र कुमार राम
जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ।

जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन।

सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी र नगरपालिका भवनको रोहबरमा पदभार सम्हाल्दैप्रमुख यादबले भने कार्यभारको प्राथमिकतामा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि जीवन उत्सर्ग गरेका सहिदपरिवारलाइ तथा बेपत्ता परिवारलाइ ब्यबस्थापनमा भने जोड दिने बताएका छन।

प्रमुख यादवले ती परिवारको ब्यबस्थापनको लागि आर्थिक अभाव नहुने र श्रम गर्न अप्ठ्यारो नहुने भनी शिपमुलक तालिमकोब्यबस्थापन गर्ने बताएका छन।

पदभारको पहिलो दिन नै नगरप्रमुख यादवले ४ बुंदे बिकासका नीति ल्याएका छन ।जसमा कृषी,स्वास्थ्य,सामाजिक सुरक्षाभत्ता,सहिद परिवार रहेका छन।

प्रमुख यादवले सवैला नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सवैलामा तुरुन्त विशेषज्ञ डाक्टरको ब्यबस्था गरि आकस्मिकसेवा सुचारु गर्ने ,नगरभित्रका सुगर र प्रेसरका बिरामिलाइ निशुल्क इलाज र औषधिको ब्यबस्थापन गर्ने जनाएका छन।

कृषि र कृषकको हकमा कृषि मिटरको महसुल नगरपालिकाले नै तिर्ने ,सामाजिक सुरक्षाको हकमा तुरुन्त सामाजिक सुरक्षा भत्तानिकासा गर्ने योजनामा राखेको समेत जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]