२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

आर्थिक आभावका कारण मुटुरोगी नबालकको उपचारमा समस्या, परिवारद्वारा सहयोगको चायना

Logo
प्रकाशित शुक्रबार, जेठ १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ जेष्ठ । आर्थिक आभावका कारण मुटुरोगी नबालक छोराको उपचार गर्न नसक्दाँ धनुषाको कमला नगरपालिका ३ लगमाका संदिप मुखियाको परिवार चिन्तित बनेका छन् ।

बिगत पाँच बर्षदेखि मुटुरोगबाट पीडित सात बर्षीय सुरज कुमार मुखियाको उपचारका लागि आवश्यक रकमको जोहो गर्न नसक्दाँ मुखिया परिवार ठुलो चिन्तामा डुबेका हुन् ।

‘‘साहुबाट ऋण लिएरै भएपनि विगत चार÷पाँच बर्षदेखि काठमाण्डौंस्थित शहिद गंगाला हृदयरोग अस्पतालमा मुटुरोगी छोराको उपचार गराउँदै आएका छुं”, बालकको पिता संदिपले भन्नुभयो,‘‘ शुरुमा चिकित्सकले औषधीबाटै मुटुरोग निको हुन्छ भन्नुहुन्थ्यो, त्यही भएर ऋण कर्जा खोजेरै भएपनि उपचार गराईयो ।”

तर अब त्यहाँको चिकित्सकले बाबुको मुटु प्रत्यारोपन नै गर्नुपर्छ, जसका लागि कम्तीमा रु. ५० लाख भन्दा बढी रकम खर्च हुन सक्ने बताएपछि ठुलो चिन्तामा परेको उहाँको दुखेसो थियो ।

‘‘छोराको तत्कालै मुटु प्रत्यारोपन गर्न नसकिए अकल्पनिय क्षति हुन सक्ने चिकितसकबाट जानकारी पाएका छौं”, संदिपले भन्नुभयो,‘‘ तर त्यत्रो मोटो रकमको जोहो गर्न नसक्दाँ छोराको उपचार गराउन सकिरहेको छैन्, ठुलो महा विपद्मा परेका छौ ।” एकातिर छोराको माया अर्काेतिर छोरालाई जोगाउन ठुलो रकमको जोहो गर्नुपर्ने बाध्यतामा परेको उहाँले पीडा सुनाउनुभयो ।

आर्थिक विपन्नताका कारण नबालक छोराको उपचार गराउन नसक्ने अवस्थामा रहेकोले आर्थिक सहयोग गरिदिन संदिपले सबैसँग याचना गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]