न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिका ५ का निर्वाचित वडाध्यक्ष अशोक कुमार मण्डलले शुक्रबार दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेको छ।
जनकनन्दिनी गाउँपालिका ५ बनरझुलास्थित रहेको वडाकार्यलयमा पदभार ग्रहण कार्यक्रमको आयोजना गरि वडाध्यक्ष मण्डलले पदभार सम्हालेका हुन।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपिन देव यादव ,युवा नेता नरेश यादवलगाइतका स्थानीयहरुको उपस्थितिमा पदभार ग्रहण गरिएको छ।