न्यूजमधेश डेस्क
सप्तरी ,१४ जेष्ठ ।सप्तरीको तिलाठी कोइलाडी नगरपालिका ५ लौनियाका नव निर्वाचन वडाध्यक्ष कमला कुमार मण्डलले पदभार ग्रहण गरेका छ्न।
वडाध्यक्ष मण्डलले आज एक कार्यक्रमबिच पदभार ग्रहण गरेका हुन।
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट उनी वडाध्यक्ष पदमा निर्वाचित भएको छ।समाजमा रहेका समस्याहरुलाई कलमको माध्यमबाट उठाउदै आइरहेका थिए कमल कुमार मण्डल ।उनी पेसाले पत्रकार थिए।तर डा सीके राउत नेतृत्वको जनमत पार्टीले उनिलाई वडाध्यक्ष पदमा उम्मेदवार बनाएको थियो।
जनतामाथी कमलालाई विश्वास बोकेका थिए।सोही विश्वासकै कारण उनलाई मत दिएर विजयी गराएको छ।
सप्तरीमा युवा पत्रकार मध्येका एक पत्रकार कमल पनि थिए।उनी सधै समाजमा भैरहेको बलात्कार ,महिला हिंसा र भ्रष्टाचारको विषयमा चिन्तित हुनुहुन्थ्यो ।मण्डल न्यूजमधेशका सप्तरी सम्बादाता पनि हुनुहुन्थ्यो ।