०७ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

जनकपुरमा मधुश्रावनी गर्ने ८३ महिलालाई सम्मान

Logo
प्रकाशित सोमबार, साउन १३, २०७६

जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा मधुश्रावनी मनाइ रहेकी महिलाहरुलाई सोमबार सम्मान गरिएको छ । सोमबार जानकी मन्दिरको प्राङ्गनमा आयोजित सम्मान समारोहमा ८३ जना व्रतालुहरुलाई मैथिल ब्राह्मण महासभाले सम्मान गरेको हो ।

सम्मानको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता कुमारी मिश्रले सम्पूर्ण ब्रतालुहरुलाई चुनरी ओडाएर सम्मान गरेकी थिईन् । सम्मान सम्मारोहको अवसरमा नवविहिताहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।साउन महिनाको कृष्णपक्षको पञ्चमी तिथिबाट प्रारम्भ भएको मधुश्रावणी पर्व शुक्लपक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्छ ।

१३ दिनसम्म मनाइने मधुश्रावणी पर्व खासगरी नवविवाहिता महिलाका लागि विशेष मानिने गरिन्छ।मिथिलाञ्चलको लोक पर्व मानिने यस पर्वमा विशेषगरी नवविवाहिता महिलाहरु माइतीमा गएर मनाउने गर्छन् । जसअन्तर्गत बेहुली र उनका सखीहरु सहभागी हुन्छन्।पर्वमा माता गौरी, महादेव र नागदेवता (विषहरा)को पूजाअर्चना र अनुष्ठान गर्ने गरिन्छ।

लोककथा अनुसार नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने रूपमा लिइन्छ भने गौरीलाई दाम्पत्य जीवनको संरक्षिकाका रूपमा लिइने गरिएकाले यस पर्वमा गौरीको गाथा र नाग नागिनको पूजाअर्चनाको विशेष महत्व दिइने गरेको देखिन्छ।गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र नभई मनोकमना पूरा गर्ने देवीका रूपमा पनि लिइने गरेको छ ।

मिथिला नरेश जनककी छोरी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ।वाल्मीकि रामायणअनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग पहिलो भेट भएको थियो ।

पर्वमा कतिपय कथा शिवपार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्छ भने सर्पकी आमा विषहरा र उनको वंशका बारेमा चर्चित लोक गाथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जस्ता विश्वास अहिले पनि समाजमा व्याप्त पाइन्छ। –देशसंचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]