१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जनकपुरमा मधुश्रावनी गर्ने ८३ महिलालाई सम्मान

Logo
प्रकाशित सोमबार, साउन १३, २०७६

जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा मधुश्रावनी मनाइ रहेकी महिलाहरुलाई सोमबार सम्मान गरिएको छ । सोमबार जानकी मन्दिरको प्राङ्गनमा आयोजित सम्मान समारोहमा ८३ जना व्रतालुहरुलाई मैथिल ब्राह्मण महासभाले सम्मान गरेको हो ।

सम्मानको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता कुमारी मिश्रले सम्पूर्ण ब्रतालुहरुलाई चुनरी ओडाएर सम्मान गरेकी थिईन् । सम्मान सम्मारोहको अवसरमा नवविहिताहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।साउन महिनाको कृष्णपक्षको पञ्चमी तिथिबाट प्रारम्भ भएको मधुश्रावणी पर्व शुक्लपक्षको तृतीया तिथिका दिन सम्पन्न हुने गर्छ ।

१३ दिनसम्म मनाइने मधुश्रावणी पर्व खासगरी नवविवाहिता महिलाका लागि विशेष मानिने गरिन्छ।मिथिलाञ्चलको लोक पर्व मानिने यस पर्वमा विशेषगरी नवविवाहिता महिलाहरु माइतीमा गएर मनाउने गर्छन् । जसअन्तर्गत बेहुली र उनका सखीहरु सहभागी हुन्छन्।पर्वमा माता गौरी, महादेव र नागदेवता (विषहरा)को पूजाअर्चना र अनुष्ठान गर्ने गरिन्छ।

लोककथा अनुसार नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने रूपमा लिइन्छ भने गौरीलाई दाम्पत्य जीवनको संरक्षिकाका रूपमा लिइने गरिएकाले यस पर्वमा गौरीको गाथा र नाग नागिनको पूजाअर्चनाको विशेष महत्व दिइने गरेको देखिन्छ।गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र नभई मनोकमना पूरा गर्ने देवीका रूपमा पनि लिइने गरेको छ ।

मिथिला नरेश जनककी छोरी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ।वाल्मीकि रामायणअनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग पहिलो भेट भएको थियो ।

पर्वमा कतिपय कथा शिवपार्वतीको वैवाहिक, रोमाञ्चक प्रसङ्ग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्छ भने सर्पकी आमा विषहरा र उनको वंशका बारेमा चर्चित लोक गाथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जस्ता विश्वास अहिले पनि समाजमा व्याप्त पाइन्छ। –देशसंचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]