२० बैशाख २०८२, आइतबार
04-05-2025 , Sun
×

हराएको जहाज भेटिएन, आजलाई खोजी कार्य स्थगित

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१५ जेष्ठ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित गरिएको छ ।

अन्धकार र प्रतिकुल मौसमका कारण नेपाली सेनाले खोजी तथा उद्दार कार्य अहिलेलाई रोकेको उनले बताए । सिलवालले भने, ‘भोलि बिहानैबाट स्थल तथा हवाई दुवै मार्गबाट पुनः खोजी कार्य सुरु हुनेछ ।’

उनका अनुसार सेनाको खोजी तथा उद्दार टोली अहिले जोमसोम फर्किएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उद्दार टोलीका सदस्यको सुरक्षाका लागि पनि अहिले टोली फर्काउनुपरेको हो । अधिकारीहरुका अनुसार विमान अन्तिम पटक जोमसोम टावरसँग १० बजेर ७ मिनेट जाँदा घोडेपानी भन्ने स्थानबाट सम्पर्कमा आएको थियो ।

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका क्याप्टेन प्रभाकर घिमिरेको फोनमा विमान सम्पर्कविहीन भएपछि पनि सम्पर्क भएको थियो । नेपाल टेलिकमको उनको नम्बर ट्रेस गर्दा मोबाइलको लोकेसन टिटी लेकतिर देखाएको थियो । त्यसैले खोजीलाई त्यतै केन्द्रित गरिएको उनको भनाइ छ ।

तारा एयरका अनुसार पनि विमान मुस्ताङको न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल वरिपरि हुनसक्ने आशंका गरिएको छ । ‘तिनै क्षेत्रमा वरिपरि खोजी कार्य गर्न नेपाली सेना, नेपाल प्रहरी तथा तारा एयरको उद्दार टोली परिचालन गरिएको थियो’ तारा एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘खोजीका लागि नेपाली सेनाको एमआई १७ र फिस्टेल एयरको हेलिकोप्टर पनि प्रयोग गरिएको थियो ।’

नेपाली सेनाले सम्पर्कविहीन भएको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको हुनसक्ने सूचना आएको जनाएको थियो । सैनिक प्रवक्ता नारायण सिलवालले भनेका थिए, ‘मानापाथी हिमालको पहिरोमुनि लाम्चे खोलाको मुहानमा विमान भएको सूचना स्थानीयले दिएका छन्, त्यसैले सेनाको फौज स्थल र हवाई मार्गबाट त्यसतर्फ गइरहेको छ ।’

तर बेलुकीसम्म त्यस ठाउँमा सैनिक टोली पुग्न नसकेको सिलवालले बताए । उनले भने, ‘सम्भाव्य ठाउँमा खोजी जारी छ, यद्यपि अहिलेसम्म भेटिएको छैन ।’ सम्पर्कविहीन भएको ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालक दलका ३ सदस्य पनि छन् । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]