०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

प्रदेश २ मा विभिन्न अवसरयुक्त इम्प्याक्ट अवार्ड आयोजना हुने

Logo
प्रकाशित मंगलबार, साउन १४, २०७६

जनकपुरधाम । प्रदेश २ मा ४५ वर्ष मुनिका साना व्यवसायी उद्यमीलाई प्रोत्साहित र कन्केटिभ रिलेशनसिपका लागि इमप्याक्ट अवार्ड आयोजना हुने भएको छ ।
आउंदो २४ अगस्तका दिन प्रदेशका राजधानी जनकपुरधाममा आयोजना हुने सो अवार्ड समारोहमा प्रदेशभरिका साना उद्यमी व्यवसायीहरुलाई सहभागि गराउने छ । ती मध्ये उत्कृष्ट तथा राम्रो उत्पादन र सेवा दिने व्यवासयीहरुलाई विभिन्न विद्यामा अवार्ड सहित सम्मान गरिने आयोजक पक्षले सोमवार एक पत्रकार सम्मेलन गरी जानकारी दिए ।
अन्तराष्ट्रिय संस्थाको रुपमा रहेका इम्प्याक्ट अवार्डले घरेलु तथा साना उद्योग महासंघको सहयोगमा सो अवार्ड कार्यक्रम आयोजना गर्ने गरिने सहयोगी संस्था घरेलु तथा साना उद्योग महासंघ धनुषाका अध्यक्ष नरेश सिंहले जनाएको छ । अवार्ड समरोहमा सहभागिताका लागि रजिष्ट्रेशन शुल्क ५ हजार र विलम्ब सहित साढे ६ हजार रुपैया राखिएको छ ।
इम्प्याक्टले शिक्षा, उत्पादन, ट्रेडिंग, टयुरिज्म एण्ड होस्पिटीलिटी, विद्युतिय, निर्माण सेवा, प्रविधि, फाइनान्स एण्ड बैंकिंग, हेल्थकेयर, मिडिया एण्ड इन्टरटेनमेन्ट, कृषि लगायतका १४ विद्यामा अवार्ड दिनेछ ।
सो अवार्डमा सहभागिताले व्यवसायीलाई नेटवर्किंग, विभिन्न प्रादेशिक, राष्ट्रिय एवं अन्तराष्टिय समन्वयको अवसर, समाजिक रुपमा व्यवसायलाई प्रमोट, व्यवसायको नयाँ अवसरहरु, व्यवसायिक नेतृत्वको क्षमता विकास, उच्च व्यवस्थापकीय टीमसँग व्यवसायिक ज्ञान आदान प्रदान लगायतका फाइदा हुने आयोजक पक्षले दाबी गरेका छन् ।
सो अवार्ड समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधि, व्यवसायी र उच्च व्यवस्थापकीय टीमको उपस्थिति रहने जनाइएको छ ।- लोकपुकार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]