०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

पेट्रोलियम पदार्थको अन्वेषणः दुई वर्षभित्र दोस्रो चरणको अध्ययन

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ जेष्ठ ।पेट्रोलियम पदार्थको अन्वेषण भईरहेको दैलेखको पंचकोशी पेट्रोलियम पदार्थको अन्वेषणका लागि २०७३ साल वैशाख २३ गते पहिलो पटक चिनियाँसंगै नेपाली टोली दैलेख पुगेको थियो।

३ वर्षमा अन्वेषण सक्ने गरी पुगेको टोली कोरोना महामारीका कारण कामबीचमै रोकियो। जसका कारण अहिलेसम्म अन्वेषणको दोस्रो चरणको काम सुरु हुन सकेको थिएन। कोरोनाका कारण रोकिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुचारु गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले दुई वर्षको म्याद थपेको हो।

चिनियाँ टोलीले दुई वर्षभित्र दोस्रो चरणको अन्वेषण कार्य सक्न सरकारले म्याद दिएको छ। पहिलो चरणमा चिनियाँ टोली दैलेखमा धन्नै ६ महिना स्थलगत अध्ययनका लागि बसेर काम गरेका थिए। उनीहरुले ६ महिनामा ज्वाला क्षेत्र श्रीस्थानलाई आधार मानेर ४ सय वर्ग किलोमिटर क्षेत्रमा अध्ययन गरेका थिए। पेट्रोलियम पदार्थ अन्वेषणका लागि ज्वाला क्षेत्रलाई आधार मानेर सिस्मिक लाईन पूर्व पश्चिममा ३ वटा, उत्तर दक्षिणमा ७ वटा ब्लक बनाएर सर्वे गर्ने कार्य गरिएको थियो।

पहिलो चरणमा भएको अन्वेषणले प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनी कस्तो भनेर एमआरआई जस्तो सर्वे गरेको थियो। दोस्रो चरणमा हुने अन्वेषणमा स्यास्ट्रिक सर्भे गरिनेछ जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ हुनेछ। जसले भण्डारण कति छ कहाँसम्म फैलिएको छ। कहाँबाट निकाल्न मिल्छ या मिल्दैन आदि कुराहरु पत्ता लाग्ने भूगर्भ विभागले जनाएको छ।

चिनको चाईना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भूगर्भविद् टयान फुएनको टोलीले अन्वेषण गरिरहेका छन्। दोस्रो चरणमा अन्वेषण टोलीले ३ महिना स्थलगत रुपमा बसेर काम गर्ने छन्। पहिलो चरणबाट आएको रिपाेर्ट अनुसार एक ठाउँमा ४ किलोमिटर तलसम्म ड्रिलिङ हुनेछ जसले गर्दा पेट्रोलिय पदार्थको परिमाण, भएन/भएको पुष्टी गर्ने भूगर्भ विभागका भूगर्भविद् गणेशनाथ त्रिपाटीले बताए। ‘दोस्रो चरणको अन्वेषणबाट पेट्रोलिय पदार्थको अवस्था पत्ता लाग्छ,’ भूगर्भविद् त्रिपाटीले भने, ‘कोरोना महामारीले रोकिएको अन्वेषण कार्य गर्न सरकारले २ वर्ष म्याद थपेको छ।’

भूगर्भ विभागले अन्वेषण कार्य अति सवेदनशिल भएकाले तेल र ग्यास अन्वेषणका बारेमा आएको रिपाेर्टहरु बाहिर नल्याई गोप्य राखिने जनाएको छ। १४ जना चिनियाँ टोलीसगै ३ जना नेपाली टोलीले अन्वेषण कार्य गरिरहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]