१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

शैक्षिकसत्र सुरु हुनु अगाडि विद्यार्थीको स्वास्थ्य परीक्षण गरिन

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१५ जेष्ठ सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए।

यस्तै ४० वर्षभन्दामाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक नसर्ने रोगको निःशुल्क स्क्रिनिङको बजेटमा व्यवस्था गरिएको उनको भनाइ थियो।

रक्तसञ्चार सेवालाई सर्वसुलभ र व्यवस्थित गराउनका लागि सबै प्रदेशमा सहकारी स्वामित्वका ब्लडबैंक स्थापना गर्ने उनले बताए। सबै प्रदेशका सङ्घीय अस्पतालमा क्याथल्याबसहितको आकस्मिक मुटुको रोगको उपचार गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]