०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

विद्युतीय सवारीमा कर हेरफेर

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ जेष्ठ । सरकारले विद्युतीय सवारीसाधनको भन्सार दरमा हेरफेर गरेको छ । सरकारले १०० किलोवाटसम्मका सवारीमा भन्सार दर पुरानै कायम गरेको छ । तर महँगा विद्युतीय सवारीको कर भने बढेको छ ।

सरकारले नयाँ भन्सार दरलाई प्रगतिशील भनेको छ । विद्युत खपत बढाउन मध्यम वर्गलाई विद्युतीय सवारी किन्न हतोत्साही पनि नगर्ने र महँगा विद्युतीय सवारीको आयातलाई पनि केही हदसम्म निरुत्साहित गर्ने नीति अनुरुप यस्तो नीति लिइएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

अरुभन्दा कम मूल्य पर्ने १०० किलोवाटदेखि २०० किलोवाटसम्मका सवारीमा सरकारले अन्तःशुल्क ४५ प्रतिशत कायम गरेको छ । १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले भन्सार शुल्क भने लगाएको छैन ।

तल्लो तहका सवारी निम्नमध्यम र मध्यम वर्गले चढ्ने भएकाले सरकारले अन्तःशुल्क नलगाएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

आर्थिक विधेयक २०७९/८० अनुसार १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ३० प्रतिशत काम गरेको छ । र, अन्तःशुल्क दर ३० प्रतिशत नै कायम गरेको छ ।

३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तःशुल्क दर पनि ४५/४५ प्रतिशत कायम गरेको छ । ‘महँगा विद्युतीय सवारी चढ्नेहरुलाई दिइएको सुविधा घटाउने र तुलनात्मक रुपमा सस्ता विद्युतीय सवारी चढ्ने वर्गलाई विद्युतीय सवारीमा प्रोत्साहित गर्ने नीति अनुरुप यस्तो व्यवस्था गरेका हौं,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने ।

पछिल्लो वर्षमा विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । साउनदेखि वैशाखसम्म करिब १५ सयवटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]