१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बजेट अनुशासनको सीमामा छैन : एमाले उपाध्यक्ष पाण्डे

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१५ जेष्ठ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट अनुशासनको सीमामा रहेर नआएको आरोप लगाएका छन् ।

‘चुनावमा भोट बढ्छ भन्ने मात्रै हिसाब गरेको छ,’ संसद भवनबाहिर पत्रकार हरुसँग कुरा गर्दैै उनले भने, ‘जम्मै कुरा भनिदिएपछि भोट बढ्छ भन्ने मनसाय राखेको छ । त्यसकारण यसले आफूलाई अनुशासनको सीमामा पनि राखेको छैन ।’

लेख्न सकिने जति सबै कुरा बजेटमा राखेको टिप्पणी गर्दै पाण्डेले कार्यान्वयनमा भने ध्यान नदिएको बताए। ‘बजेटको आकार पनि ठूलो छ । कार्यान्वयनतर्फ यसको ध्यानै छैन । चुनावी वर्ष हो र चुनावपछि नयाँ सरकार बन्छ भन्ने कुरा यसले हेक्कै राखेको छैन,’ उनले भने ।

सरकारले बजेटमा किसानलाई पेन्सन दिने योजना ल्याएको भए पनि त्यो कार्यान्वयन गर्न सम्भव नरहेको पाण्डको दाबी छ ।

‘किसानलाई १० प्रतिशतसम्म सञ्चय कोष दिन्छु भनेको छ,’ उनले भने, ‘किसानले बेचेकोबाट १० प्रतिशत सरकारले थपिदिने कुरा गरेको छ । झण्डै डेढ करोड किसानलाई सञ्चय कोष दिने जो कुरा गरेको छ । यत्रो संख्यालाई सञ्चय कोष दिन्छु भन्यो भने यसको व्ययभार सरकारले पूरा गर्न सक्छ कि सक्दैन भन्ने आफैं कल्पना गर्न सकिन्छ ।’

त्यसलाई पूरा गर्न नसकिने कुरा कर्मचारी सञ्चय कोष व्यवस्थापन गर्न सरकारले भोगिरहेको कठिनाइबाटै थाहा हुने पाण्डको भनाइ छ।

नीति कार्यक्रम र बजेटबीचमा कुनै सन्तुलन नभएको बताएका पाण्डे साना योजना तल हस्तान्तरण गर्ने कुरा भए पनि त्यसो नगरिएको टिप्पणी गर्छन् ।

‘साना योजनालाई तल हस्तान्तरण गर्छु भनेको छ तर साना साना योजानमा बजेट आफैंले छुट्याएको छ। यसमा कुनै प्राथमिकता छैन्’ उनले भने।

व्यापार घाटा सन्तुलनमा राख्ने कुरा सरकारले गरेको भए पनि त्यो सम्भव नरहेको दाबी पाण्डेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]