१२ भाद्र २०८२, शुक्रबार
29-08-2025 , Fri
×

अध्यक्षमा विजयी भएर सपथ लिएको ३ दिनमै भ्रष्टाचार मुद्धामा निलम्बित

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ जेष्ठ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडेर विदुर नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा विजयी भएका हरेराम भण्डारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ साल भाद्र महिनामा नुवाको जिल्लाको विदुरमा रहेको सुलक्षणा माध्यमिक विद्यालय तत्कालीन प्रधानाध्यापक हाल वडा अध्यक्षमा विजयी भएका हरिराम भण्डारीसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

उनीसँगै विद्यालयका शिक्षक केशवबहादुर बस्नेत र तत्कालीन विद्यालयका निरीक्षक कुमारप्रसाद तिमल्सिनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

तर भण्डारीले निर्वाचन आयोगलाई झुक्याएर आफ्नो सूचना लुकाएर गठबन्धनबाट उम्मेदवार बनेर वडा अध्यक्षमा विजयी भएका थिए ।

उनका सम्बन्धमा स्थानीयले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका थिए । त्यसपछि अख्तियारले पत्र लेखेर निर्वाचन आयोगलाई भण्डारी निलम्बनमा पर्ने जानकारी गराएको छ ।

विद्यालयको शिक्षक रहेको अवस्थामा भण्डारीले ३ वर्षे वेतलबी विदा लिई बैदेशिक रोजगारको लागि मलेसिया गएका थिए । उनले सेवा निवृत हुने समयमा वेतलबी विदा बसेको अवधिको गणना गरी सेवा सुविधा लिएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

भण्डारीलाई सेवा सुविधा उपलब्ध गराउने निवृतिभरण प्रयोजनका लागि विद्यालयका निमित्त प्रअसमेत भएका बस्नेतले तयार गरी विद्यालय निरीक्षक तिमल्सिनाले तत्कालिन जिल्ला शिक्षा कार्यालयमा सिफारिस गरिदिएका थिए ।

सोही सिफासिरसका आधारमा भण्डारीले शिक्षक कितावखानाबाट सेवानिवृत सेवासुविधा लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरको हो । तत्कालिन प्रधानाध्यापक भण्डारीसहित तीन जनाविरुद्ध अख्तियारले शुक्रबार अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।

भण्डारी सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रका स्थानीय नेता समेत हुन । उनी गत निर्वाचनमा विदुर नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा पराजित भएका थिए ।

जेठ ९ गते सोमवार सपथग्रहण गरेका हरिराम भण्डारीले वडा सदस्य राजकुमार श्रेष्ठलाई कावा वडाध्यक्षको जिम्मेवारी दिएर आफू घरमै बसेका छन । उनीमाथि भ्रष्टाचारको मुद्दा चलिरहेका कारण उनी स्वत निलम्बित हुने व्यक्ति हुन तर तीन दिन काम गरेर उनले कनिष्ठ वडा सदस्यलाइ कार्यबाहको जिम्मेवारी दिएका छन ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले पनि भण्डारीको भ्रष्टाचारम मुद्दा टुंगो नलाग्दासम्म उनी निलम्बनमै रहने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

भण्डारी वडा अध्यक्षमा विजयी भएपछि स्थानीयहरू शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनवहादुर वोगटी, सीता वोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्धाको विवरणसहित विदुर नगरपालिका कार्यालयमा, निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराए थिए ।

उजुरीकर्ताले सपथ नै रोक्न माग गरे पनि सत्तागठबन्धनको छायाँमा परेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय र विदुर नगरपालिकाको कार्यालयले उनको सपथ गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]