०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

अख्तियारमा भत्ताको असर

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ जेष्ठ । जेठदेखि सरकारले हप्तामा दुई दिन बिदाको निर्णय कार्यान्वायनमा लगिसक्यो । तर, सरकारका कतिपय कार्यालयले भने यो निर्णय अझै पालना गरेका छैनन् ।

सरकारको निर्णय पालना नगर्ने एक निकाय हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आयोगले आइतबार पनि आफ्ना कर्मचारीलाई कार्यालय बोलाउने गरेको छ । आयोगमा अनुसन्धानका काम धेरै पेन्डिङ भएको भन्दै प्रमुख आयुक्त प्रेम कुमार राईले आइतबार पनि कार्यालय खोल्ने निर्णय गरेका छन् ।

आइतबार पनि आयोग खोल्नुको अर्काे कारण सरकारले आयोगका कर्मचारीलाई दिएको प्रोत्साहन भत्ता पनि हो ।

सरकारसँग अतिरिक्त भत्ता लिएर पाँच दिनमात्र काम गर्न नहुने भन्दै यसरी आइतबार पनि कार्यालय खोलेर काम भइरहेको छ । गत फागुनदेखि आयोगका कर्मचारीले भत्ता पाइरहेका छन् ।

त्यसो त पछिल्लो समय आयोगले भ्रष्टाचारका मुद्दामा छानबिनलाई तिव्रता दिएको छ । आयोगले हरेक हप्ता जसो भ्रष्टाचारका मुद्दा दायर गर्दै आएको छ । केही ठूला मुद्दाको समेत तयारी भइरहेको स्रोत बताउँछ । पाँच दिन काम गरेर नभ्याइने भएकाले आइतबार पनि आयोगले कार्यालय खोल्ने निर्णय गरेको हो ।

हप्तामा दुई दिन बिदाले अन्य केही सरकारी कार्यालयमा पनि समस्या भएको छ । अत्याधिक मुद्दाको चाप रहेको अदालतमा यसको समस्या छ । जसकारण बरु आइतबारका लागि अतिरिक्त भत्ता दिएर कार्यालय खोल्नेबारे सर्वाेच्च अदालतमा छलफल भइरहेको स्रोत बताउँछ ।

त्रिपुरेश्वरमा सेवाग्राहीको अत्याधिक भिड रहेको राहदानी विभागले पनि आइतबार कार्यालय खोल्ने निर्णय गरिसकेको छ । आइतबार खटिएवापत थप सुविधा दिने गरी आइतबार पनि खोल्ने निर्णय गरिएको हो । पेट्रोलियमको खपत कम र अन्य देशको जस्तै दुई दिन बिदाको प्रणाली परीक्षण गर्न यस्तो निर्णय गरिएको छ । यसको मिश्रित प्रभाव देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]