२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

बजेटमा मधेस प्रदेश: धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ जेष्ठ ।सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ। यसका कारण सर्वसाधारण उत्साहित बनेका छन्। सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम र बाराको सिमरौनगढलाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेको छ।

आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले मधेस प्रदेशको जनकपुरधाम र सिमरौनगढलगायतका धार्मिक, सांस्कृतिकस्थललाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेका हुन्।

पर्यटन प्रवद्र्धन गरी आयस्तरलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको सरकारले आगामी आवभित्र थप १० लाख पर्यटन भित्र्याउने र त्यसका लागि दक्षिणी र उत्तरी सीमा क्षेत्रका सहरहरूमा पर्यटन मन्त्रालयमार्फत विशेष पर्यटन मेला तथा रोड शो सञ्चालन गरिने घोषणा गरेको छ। सरकारले बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना, वीरगञ्जको चिनी मिल सञ्चालनमा ल्याउने भएको छ।

अर्थमन्त्री शर्माले रुग्ण तथा बन्द अवस्थामा रहेका जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, वीगरञ्ज चिनी उद्योग, हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने घोषणा गरेका थिए। जनकपुर चुरोट कारखाना परिसर अहिले मधेस प्रदेश सरकारको मन्त्रालय र आवाससहित मधेस भवनमा परिणत भइसकेको छ।

यस्तै बाराको सिमरालाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने घोषणा गर्दै अर्थमन्त्री शर्माले बाराको निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडि बढाउने योजना बजेटमार्फत सार्वजनिक गरे।

महोत्तरीको जलेश्वरमा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाइने उल्लेख गर्दै अर्थमन्त्री शर्माले जयनगर–जनकपुर कर्था रेल सेवा विस्तार गरिने घोषणासमेत गरेका छन्। आगामी आवभित्र जयनगर–जनकपुर कर्था रेल सेवालाई बर्दिबाससम्म विस्तार गरिने घोषणा गर्दै उनले वीरगञ्ज–काठमाडौँसम्म रेल सेवाको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए।

सप्तरीको राजविराजमा चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानमार्फत सुपर स्पेशलिष्ट सेवामार्फत सुपर स्पेशलिष्ट सेवा उपलब्ध गराउने अस्पताल स्थापनाको काम अघि बढाउने घोषणा गर्दै राजविराजमा निर्माणाधीन रामराजप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन तथा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको सरकारले तराई–मधेसका नदीहरूमा तटबन्धन निर्माण गरी नदीउकास जग्गामा वृक्षरोपण तथा बगरखेती गर्न प्रोत्साहित गर्ने घोषणा गर्दै अर्थमन्त्री शर्माले नदीमा तटबन्धन निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

यस्तै आगामी आव २०७९÷८० मा सिरहाको मिर्चैयाबाट लुक्लासम्म सडकमार्ग निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउने घोषणा गरेको सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमलाबाट सप्तरीको कञ्चनपुरसम्मको सडक स्तरोन्नतिको कामलाई तीव्रता दिने र आगामी आवमा कमला–ढल्केबर–पथलैयासम्म सडक स्तरोन्नतिको काम अघि बढाइनेछ।

काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई आगामी तीन वर्षभित्र सकिने गरी कामलाई तीव्रता दिइने जानकारी दिँदै अर्थमन्त्री शर्माले निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत थप ३०० किलोमिटर सडक कालोपत्र गर्न र २३ वटा पुल निर्माणका लागि बजेट विनियोजन गरिने घोषणा गरे।

तराई–मधेसका जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी वर्षभित्र सडक स्तरोन्नति गरिने उल्लेख गर्दै अर्थमन्त्री शर्माले सप्तरी सदरमुकाम राजविराज जोड्ने सडकलाई चार लेनमा विस्तार गरिने बताए। विगतको भन्दा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको सरकारले तराई–मधेसका किसानको खेतमा बाहै्र महिना सिँचाइ पुर्‍याउन डिपट्युबेल र स्यालोट्युबेलमार्फत सिँचाइ सेवा विस्तार गरिने घोषणा गर्दै अर्थमन्त्री शर्माले किसानलाई बीउ र मलमा विशेष अनुदान दिने घोषणा गरेका छन्।

यसरी विगतको भन्दा सरकारले मधेस प्रदेशका थुप्रै र महत्वपूर्ण योजनालाई बजेटमार्फत सम्बोधन गरेको भन्दै स्थानीयवासी खुसी भएका छन्। ‘सरकारले धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थल जनकपुरधामलाई विशेष पर्यटकीयस्थल बनाउने घोषणा गर्नु आफैँमा स्वागतयोग्य छ’, जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीयवासी वसन्त साहले भने, ‘यसबाट जनकपुरधाम पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको बाटो खुल्ने छ’, यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]