०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

शहिदनगर : ज्यान मार्ने उद्योगमा पक्राउ परेका वडासदस्य विराजी धरौटीमा रिहा

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ जेष्ठ । धनुषामा पक्राउ परेका नवनिर्वाचित वडा सदस्य रिहा भएका छन् ।

शहिदनगर नगरपालिका ८ का वडा सदस्य राकेश विराजीलाई मंगलबार जिल्ला अदालत धनुषाले धरौटीमा थुनामुक्त गरेको हो ।

उनलाई प्रहरीले ज्यान मार्ने उद्योग र डाँका मुद्दामा सोमबार पक्राउ गरेको थियो ।

मंगलबार उनको पेसी तोकिएको थियो । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले उनलाई २५ हजार धरौटी रकम लिएर थुनामुक्त गरेका हुन् ।

गएको कात्तिकमा उनीसहित ९ जनाको समूहले धमेन्द्रप्रसाद छिटान यादवलाई मार्ने प्रयास गरेको आरोप लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]