२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

धनुषामा मदिरा तस्करीमा बालबालिकाको प्रयोग,प्रहरीकै सेटिङमा मदिरा तस्करी

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९

विद्यानन्द राम
राजविराज,१८ जेष्ठ ।धनुषाको सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ दैनिक रूपमा मदिरा तस्करीमा विद्यालय उमेर समूहका बालबालिकालाई प्रयोग गर्ने गरेको खुल्न आएको छ ।

गत शुक्रबार साइकलमा मदिराको पोका पोकी लोड गरेर भारततर्फ गइरहेको अवस्थामा बालबालिका भेटिएपछि सो कुरा बाहिरिएको हो । भारतको विहार राज्यमा मदिरा बिक्रीवितरण र प्रयोगमा रोक लगाइएपछि त्याहाँका कतिपय मदिराप्रेमीले नेपालतर्फका सीमावर्ती जिल्लालाई नै आफ्नो गन्तव्य बनाएका छन् भने केहीले यहाँका व्यापारीसँगको ‘कनेक्सन’ मा मदिरा घरसम्म नै मगाउने गर्छन् ।

‘बोरामा हालेर साइकलमा लोड गरेपछि हामीलाई पु¥याइदेऊ भन्छन्’, इनर्वा नाका हुँदै जयनगरतर्फ गइरहेका १३ वर्षीय बालकले भने– ‘नाम र घर बताउन भनेको छैन र बताउँदिनँ पनि, बोरामा समान छ रे, सुरक्षित पु-याएपछि मात्रै पैसा दिनुहुन्छ ।’उनले दैनिक एकपटक र कहिलेकाहीँ दुई पटकसम्म पनि मदिरा जयनगरसम्म पु-याउँदै आएको बताए ।

‘मेरो दोस्त र बहिनी पनि मसँग सामान लिएर आउँछन् र अन्य १५–१७ जना पनि हाम्रै उमेरका छन्, उनीहरूको पालो भोलि हो’, उनले भने– ‘मलाई ५ सय रुपियाँ दिनुहुन्छ र दोस्त र बहिनीलाई ४–४ सय रुपियाँ दिनुहुन्छ ।’ अरूले धेरै समयदेखि काम गर्दै आए पनि आफू एक महिनादेखि सो काममा लागेको उनको भनाइ थियो । ‘अहिलेसम्म ३–४ पटक पुलिससँग भेट भएको छ र पुलिसले छिटोछिटो जाउँ भन्नुभाछ’ –उनको भनाइ थियो ।

अर्का १४ वर्षीया बालिकाले फुर्सदमा मात्रै सामानहरू ओसारपसारमा गर्ने गरेको बताइन् । ‘बाआमासँग पैसा छैन, खानैका लागि धौ–धौ हुन्छ । त्यसमाथि लुगाफाटा कहाँबाट किन्ने ?, तपाईले पैसा दिनुुहुन्छ ?’, उनले भनिन्– ‘काम गरेबापत आएको थोरै पैसा बाआमालाई दिन्छु र बाँकी केही पैसाले भाइ र मलाई लुगाफाटा किन्छु ।’ कसैलाई आफ्नो नाम नबताउन आग्रह गर्दै उनले अनुरोध गरिन्– ‘अंकल मेरो नाम नबताइदिनुहोला, नभए उहाँ (व्यापारी) ले यसपछि कामै दिनुहुन्न ।’

प्रहरीसँग ‘सेटिङ’

सशस्त्र प्रहरीसँग ‘सेटिङ’ मिलाएर मदिरा तस्करी हुने गरेको स्रोतले बतायो । स्रोतका अनुसार सशस्त्र प्रहरीकै घुमुवाका रूपमा रहेका असईद्वय राजीव यादव र श्याम साहले मदिरा तस्करीमा सघाउँदै आएका छन् ।‘प्रहरीले तस्करीको सूचना पाउनुभन्दा पनि उनीहरूले नै ‘पास’ हुने समय निर्धारण गर्छन् र सोही समयमा बोर्डर कटाउन भन्छन्’, स्रोतले भन्यो– ‘यो कुरा यहाँ धेरैजसो अधिकारीलाई थाहा छ नै, यद्यपि बालबालिकाको भविष्यप्रति कसैलाई पनि चिन्ता छैन् ।’

यो नयाँ विषय नै होइनः जनप्रतिनिधि

जनकनन्दनी गाउँपालिकामा पर्ने इनर्वा नाका र छेउछाउको चोर बाटो हुँदै वर्षांैदेखि बालबालिकालाई भरिया बनाएर मदिरा तस्करी हुँदै आएका जनप्रतिनिधिहरू बताउँछन् ।‘यो नयाँ विषय नै होइन, हामी अघिल्लोपटक निर्वाचित भइसकेपछि नै सोबारे छलफल गरेका थियौं, इजाजत नदिएका मदिरा पसल बन्द गर्ने र तस्करी नियन्त्रण गर्ने पनि गाउँ कार्यपालिकाबाट निर्णय नै भयो र इलाकामा प्रहरीसँग पनि छलफल ग¥यौं’, वडा नम्बर ५ का अध्यक्ष अशोक मण्डलले भन्नुभयो– ‘तर प्रहरी–प्रशासनबाट अपेक्षाअनुसारको सहयोग पाइएन र हाम्रो प्रयास पनि सफल हुन सकेन । अहिले पुनः दोस्रोपटक निर्वाचित भइसक्दा पनि अवस्था उस्तै छ ।’

उहाँले अप्रत्यक्ष रूपमा प्रहरी–प्रशासनले सघाइरहँदा नै तस्करीमा बालबालिकालाई प्रयोग गर्दा पनि कसैले केही नबोलेको दाबी गर्नुभयो । ‘बालबालिका देशका कर्णधार हुन् तर तस्करीमा लागेर हुर्किंदा भोलि कस्तो भविष्य होला’, उहाँले भन्नुभयो– ‘हामी पुनः यी सब कुराहरू नियन्त्रणका लागि सबै जनप्रतिनिधि बसेर छलफल गरेर अघि बढ्नेछौं ।’
स्क्रिन

के भन्छ प्रहरी ?

सशस्त्र प्रहरीकै घुमुवाका रूपमा रहेका असईद्वय राजीव यादव र श्याम साहले यी कुरा अस्वीकार गरेका छन् । ‘ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन’ असई यादवले भन्नुभयो– ‘हाम्रो काम हो माल समात्ने र हामीले समातेकै हो, लाइन (छुट) नदिएपछि त्यसरी आरोप लगाए होला ।’ अर्का असई साहलाई पटकपटक सम्पर्क गर्दा फोन उठाउनुभएन ।

यता, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश सुवेदीले त्यस्तो पाइएको खण्डमा तत्कालै सो कार्य रोकिने बताउनुभएको छ । ‘त्यस्तो त छैन, तर पनि त्यस्तो पाइए तत्कालै सो रोकिन्छ र संलग्न पाइएकाले कारबाही पनि हुन्छ’ –उहाँले भन्नुभयो ।यसैबीच प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ती विषयमा केही जानकारी नरहेको बताउनुभएको छ । ‘यद्यपि, के रैछ म बुझौंला’ – उहाँले भन्नुभयो ।साभार: न्यूज अफ नेपाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]